इलेक्ट्रीक बाइकको खोजीमा हुनुहुन्छ ? यी हुन् संसारका उत्कृष्ट ११ बाइक

काठमाडाैं । संसारभर ग्यासोलिन सवारीसाधनको विकल्पको रुपमा इलेक्ट्रीक भेकल्सको प्रयोग बढ्दै गएको छ । पर्यावरणीय सुन्दरता र प्रदूषणलाई ध्यानमा राख्दै इलेक्ट्रीक साधनप्रति आकर्षित हुनेहरूको संख्या दिनानुदिन बढ्दै गएको छ । 

इलेक्ट्रीक भेकल निर्माता कम्पनीले बजारको माग र आवश्यकताअनुसार उत्कृष्ट इलेक्ट्रीक भेकल्स निर्माण गरिहेका छन् । संसारमा हालसम्म उत्पादित उत्कृष्ट इलेक्ट्रीक मोटरसाइकल भने यस्ता छन् । 

मिसन वन (प्रिमीयर लिमिटेड एडिसन)


अमेरिकाको क्लानिफोर्नियास्थित मिसन मोट्र्स कम्पनीले निर्माण गरेको मिसन वन (प्रिमीयर लिमिटेड एडिसन) बाईक संसारको सबैभन्दा फास्ट इलेक्ट्रीक बाइकअन्तर्गत पर्छ । यसको टपस्पीड क्षमता २४२ किलोमिटर प्रतिघन्टा रहेको छ । 

जोहैमर जे–१ 


सुन्दर डिजाइनमा निर्माण गरिएको जोहेमर जे–१ बाइक एकपटक पूmल चार्ज गरेपछि २०० किलोमिटरसम्म चल्ने गर्छ । यसको टपस्पीड क्षमता भने १२० किलोमिटर प्रतिघन्टा रहको छ । यसको अन्तर्राष्ट्रिय बजार मूल्य २६ हजार अमेरिकी डलर रहेको छ । 

जेकओओ इलेक्ट्रीक बाइक  


जापानका डिजाइनर कोटा नेजुले डिजाइन गरेको यो इलेक्ट्रीक बाईकलाई एकपटक चार्ज गरेपछि ९० देखि १२० किलोमिटरसम्म चलाउन सकिन्छ । पूmल चार्ज गर्न यो बाइकलाई ६ घन्टा समय लाग्ने गर्छ । कम्पनीले सीमित संख्यामा निर्माण गरेको यो बाइक संसारकै उत्कृष्ट इलेक्ट्रीकअन्तर्गत परेको छ । 

ब्रामो ईपल्स आर–बाइक 


ब्रामो ईपल्स आर–बाइकले इलेक्ट्रीक बाइकको बोरिङ तथा एक्साइटिङ इमेज तोड्न सफल भएको छ । यसमा लगाइएको इञ्जिनले ६० बीएचपी पावर उत्पादन गर्ने कम्पनीले जनाएको छ । 

यसमा ९.३ केडब्ल्यू एच ब्याट्री दिइएको छ । बाइकले शून्य देखि १०० किलोमिटरको रफ्तार पकड्न ५ सेकेन्डमात्र समय लगाउँछ । एकपटक पूmल चार्जपश्चात् २०० किलोमिटरसम्मको यात्रा गर्न सकिने छ । 

ट्रोन लाइट साइकल 


यो बाइकमा ९६ भोल्टको डायरेक्ट ड्राइभ मोटर र लिथिएम आयन ब्याट्री लगाइएको छ । 

फक्सन वाटम्यान 


फक्सन वाटम्यान फ्रेञ्च बाइक कम्पनी फक्सनद्वारा उत्पादित संसारको सबैभन्दा बलियो र उत्कृष्ट इलेक्ट्रीक बाइकअन्तर्गत पर्छ । यसको इञ्जिनबाट २०० हर्षपावर शक्ति उत्पादन हुने गर्छ । यसको टपस्पीड क्षमता १७० किलोमिटर प्रतिघन्टा रहेको छ । 

सायटा आर 

यो बाइकको डिजाईन तथा म्यानुफ्याक्चरिङ लन्डन बेस कम्पनी एजिलिटी ग्लोबलले गरेको हो । बाहिरी आवरण तथा बनावट निक्कै आकर्षक र दमदार भएकै कारण यो उत्कृष्ट इलेक्ट्रीक बाइकको सूचीमा परेको हो । 

लिटो सोरा


क्यानडाको इलेक्ट्रीक सुपरबाइक कम्पनी लिटो ग्रिन मोसनले लिटो सोरा मोटरसाइकल सन् २०११ मा सार्वजनिक गरेको थियो । बाइको स्टाइल र पर्फर्मेन्स सानरदार रहेको छ । 

यसको टपस्पीड क्षमताका कारण पनि यसलाई उत्कृष्ट इलेक्ट्रीक बाइकको सूचीमा राखिएको हो । यसले प्रतिघन्टा २०० किलोमिटरको रफ्तार पकड्ने गर्छ । यो बाईकको मूल्य ४० हजार ७०० अमेरिकी डलर रहेको छ । 

गोगोरो स्मार्ट स्कुटर


गोगारो स्मार्ट स्कुटर ताइवानको एक स्टार्टअप कम्पनीले निर्माण गरेको हो । यसको टपस्पीड क्षमता १०० किलोमिटर प्रतिघन्टा रहेको छ । 

प्रोजेक्ट लाइभ वायर 


हार्ली डेभिसनले प्रोजेक्टर लाइभ वायरलाई सन् २०१४ मा सार्वजनिक गरेको थियो । यो कम्पनीको पहिलो इलेक्ट्रीक बाइकअन्तर्गत पर्छ । यसको टपस्पीड क्षमता १५० किलोमिटर प्रतिघन्टा रहेको छ । 

अरफिरो 


यो इलेक्ट्रीक मोटरसाइकलमा पाँचवटा लिथियम आयन ब्याट्री लगाइएको छ । यसलाई एकपटक पूmल चार्ज गरेपछि १०० किलोमिटरसम्म चलाउन सकिन्छ । यसको टपस्पीड क्षमता १२० किलोप्रति घन्टा रहेको रहेको छ । 


Back_to_top