असफल होन्डा नेभीलाई पुनः ल्याउने तयारी !

होन्डाले मोटो–स्कुटर सेग्मेन्टमा ल्याएको नेभीले पछिल्ला दिनमा निकै कमजोर बिक्री गरिरहेको छ । 

कम्पनीले २०१६ को दिल्ली मोटर शोबाट सार्वजनिक गरेको यो मोटो–स्कुटरलाई कम्पनीले सुरुवाति ५ महिनामा ५० हजार यूनिट बिक्री गरेको थियो । सुरुवातमा कम्पनीले औषत मासिक १० हजार युनिट बिक्री गरेको थियो ।

त्यसपछि कम्पनीले एड्भान्चर र क्रोम एडिसन २०१७ मा सार्वजनिक गर्यो । तर, त्यसपछि बिक्री घट्न सुरुभएको नेभी औषतमा मासिक २ हजार युनिटका दरले बिक्री भयो । २०१७ को अप्रिल महिनामा त यसको बिक्री घटेर ३०० युनिट मात्र रहयो । 

त्यसपछि पनि यसको औषत बिक्रीमा गिरावट आइनै रहेको छ । हाल कम्पनीको बार्षिक औषत बिक्री अहिले ५०० युनिट रहेको छ । जुन होन्डाको लागि एकदमै कमजोर पर्फरमेन्स हो ।

केही समय अगाडि एउटा हल्ला अटो बजारमा आएको थियो । होन्डाले नेभीलाई पुनः अपग्रेडेड भर्सनमा बजारमा ल्याउने तयारी गरिरहेको छ । अब त्यो हल्ला साँचो हुने तयारीमा रहेको छ । कम्पनीले युवा पुस्तालाई नेभीप्रति आकर्षित गर्न एक्टीभाको इन्जिन दिएर स्टाइलिस मोटो–स्कुटरको डिजाइन तयार गरेको छ । 

कम्पनीले नेभीमा रहेको फ्युल ट्याङ्कीलाई ३.८ लिटर क्षमतामा सिमित गर्ने छ साथै, यसलाई फुल्ली डिजिटल भर्सनमा ल्याउने तयारी भइरहेको बुझिएको छ । पुरानो नेभीमा थुप्रै कस्मेटीक अपग्रेडहरु गरिएका छन् । साथै, कलर भेरिएन्टपनि थप हुने भएको छ । 

यसमा थप भएका पाटर्सले यो मोटो–स्कुटरलाई निकै आर्कषक र प्रिमियमनेस प्रदान गरेको छ । होन्डाले उक्त नयाँ नेभिलाई अगस्ट २०१८ मा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यसको भारतीय बजारमा मूल्य ४५ हजार भारुको हाराहारीमा रहने अनुमान गरिएको छ ।   

नेपाली बजारमा स्याकार टेड्रिङले बिक्री वितरण गर्दै आएको नेभीको पुरानो मूल्य १ लाख ५४ हजार ९०० रहेको छ । यो मूल्य भन्दा नयाँ नेभीको मूल्यमा खासै फरक नपर्ने अनुमान गर्न सकिन्छ । 


Back_to_top