यस्तो आउँदै छ नयाँ हुन्डाई इयोन, बढ्ला ग्राहकको आर्कषण

हुन्डाई कम्पनीको इन्ट्री लेभल ह्याचब्याक मोडल इयोनलाई कम्पनीले २०११ मा बजारमा उतारेको हो । त्यसपछि यसलाई परिमार्जन गर्दै २०१४ मा १.० लिटर इञ्जिन भ्यारियन्टमा सार्वजनिक गरेको थियो । 

त्यसयता, इयोनको डिजाइनमा कुनै परिवर्तन गरिएको छैन । कम्पनीले अर्को महिनासम्ममा इयोनको फेसलिफ्ट बजारमा ल्याउने तयारी गरेको बुझिएको छ । 

कम्पनीले सन् २०१८ को मिडसम्ममा नै आफ्ना थुप्रै मोडलहरूको अपग्रेड गरेर बजारमा ल्याइसकेको छ । यो अवधिमा आई–२० एक्टीभ, एलिट आई–२० र क्रेटाको फेसलिफ्ट सार्वजनिक गरिसकेको हो । 

ग्राहकको रुचीलाई ध्यानमा राख्दै कम्पनीले नयाँ इयोनमा परिवर्तन गरेको जनाइएको छ । यसमा स्टाइलिस हेडल्याम्प, ट्वीकेड बम्पर, न्यू ग्रील तथा रिभाइज टेल ल्याम्प दिइनेछ । यसको साइड प्रोफाइलमा कुनै परिर्वतन गरिनेछैन भने बडीमा ओराबिएम कलर लगाइनेछ । यसमा स्पोर्टी न्यू ह्वील क्याप्स थप दिइएको छ । 

इन्टेरियरमा न्यू कलर कम्बिनेसनका साथ आकर्षक बनाइनेछ । न्यू इन्स्ट्रुमेन्ट क्लस्टर, टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टमजस्ता विशेषता दिइएको छ । 

यसमा ०.८ लिटर र १.० लिटर क्षमताको इञ्जिन अप्सन दिइएको छ भने ५ स्पीड म्यानूअल ट्रान्समिसन दिइएको छ । 

यसको भारतीय बजारमा सुरुवाति मूल्य ३ लाख रुपैयाँदेखि रहने अनुमान गरिएको छ । 


Back_to_top