भक्तपुर-पोखरा लक्जरीयस बस सेवा सन्चालनमा

काठमाडौं । व्यास ट्राभल्स एण्ड टुर्सले भक्तपुरदेखि पोखरासम्म शौचालयसहितको सुविधासम्पन्न पर्यटकीय बस सञ्चालनमा ल्याउने भएको छ ।

पर्यटकलाई लक्षित गरी बस सञ्चालन गर्न लागेको व्यास ट्राभल्सले जनाएको छ । बत्तीस यात्रु सिट क्षमता भएको बसमा ‘थाई रेष्ट’ सिट र शौचालको व्यवस्था छ । व्यास ट्राभल्सको हाल दुई वटा बस सञ्चालनमा छन् ।

आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्का साथ अत्याधुनिक सेवा र सुविधासहित बस सेवा विस्तार गर्न लागिएको कम्पनीले जनाएको छ । व्यास ट्राभल्स एण्ड टुर्सले काठमाडौँ ठमेलका पर्यटकलाई लक्षित गरी ठमेलदेखि पोखरासम्म बस सञ्चालन गर्दै आएको छ ।

उक्त बस भक्तपुरको सूर्यविनायकबाट कोटेश्वर, बानेश्वर, जमल, सोह्रखुट्टे, बालाजु, कलंकी हुँदै पोखरासम्म जानेछ ।


Back_to_top