ब्रिटिश साइकल कम्पनी हमिङबर्डले संसारको सबैभन्दा हलुका फोल्डिङ इलेक्ट्रीक साइकल सार्वजनिक गरेको छ । यो इलेक्ट्रीक साइकलको वजन जम्मा १०.३ किलोग्राम रहेको छ ।
कम्पनीले यसअघि २०१७ मा सबैभन्दा हलुका फोल्डिङ साइकल लञ्च गरेको थियो, जसको तौल जम्मा ६.९ किलोग्राम रहेको थियो । हमिङवर्डले कार्बन फाइबरबाट निर्माण गरेको यो साइकलमा ब्याट्रीबाट चल्ने २५० भोल्टको मोटर दिइएको छ ।
यसमा लगाइएको १६० डब्ल्यूएच लिथिएम आयन ब्याट्री एक पटक चार्ज गरेपछि ३० किलोमिटरसम्म चल्ने गर्छ । यसको टपस्पीड क्षमता २५ किलोमिटर प्रतिघन्टा रहेको छ । यो साइकलको सम्पूर्ण टेक्नोलोजी यसको रियर ह्वीलमा दिइएको छ ।
यसमा लगाइएको ब्याट्री २.५ घन्टामा पूmल चार्ज हुने गर्छ भने, यसको मोटरमा लगाइएकोे सेन्सरले आवश्यकताअनुसार पावर दिने गर्छ । मोटर स्टार्ट गर्न आठ किलोमिटर प्रतिघन्टाको स्पीडमा साइकल चलाउनु पर्छ ।
साइकललाई दुई मिनेटसम्म नचलाई राखे अटोमेटिक बन्द हुनसक्छ । हमिङबर्डले इलेक्ट्रीक साइकलमा ब्लूटुथ कनेक्टिभिटी लगाएको छ । राइडरले फोनमा बिटराइड ऐपबाट साइकललाई कनेक्ट गर्नसक्ने छन् । सोही माध्यमबाट फोनमा राइट डाटा, स्पीड, डिस्टेन्स, ब्याट्रीको अवस्थाबारे जानकारी लिन सकिनेछ ।
फोनको मद्दतबाट बाइक ओरियटिङ नेभिगेसन, मोभिलिटी स्ट्याटस तथा अन्य फङ्सनबारे जानकारी लिन सकिन्छ । यसको अलवा ऐपको मद्दतबाट रियर ह्वीलसमेत लक गर्न सकिन्छ ।


