भरतपुरलाई ‘साइकल सिटी’ बनाइने, ऐन ल्याउने

तस्बिर : एआइ ।

काठमाडौं । चितवनस्थित भरतपुर महानगरपालिकालाई साइकल सिटी बनाइने भएको छ ।

भरतपुर महानगरले सोमबार ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा महानगरलाई साइकल सिटीका रूपमा विकास गर्ने घोषणा गरिएको हो ।

महानगरपालिकाका कार्यवाहक मेयर चित्रसेन अधिकारीले साइक्लिङलाई प्रवद्र्धन गर्न साइकल ऐन नै तयार गरेर भरतपुरलाई साइकल सिटीका रूपमा विकास गरिने बताएका हुन् ।

भरतपुर महानगरपालिकाले आगामी आवका लागि ५ अर्ब ५१ करोड ७० लाख २३ हजार रुपैयाँको बजेट ल्याएको छ ।


Back_to_top