ओरा फाइभपछि ‘जोलियन ईभी’को पालो, भीजी इम्पेक्सले गर्‍यो घोषणा

काठमाडौं । भीजी इम्पेक्सले छिट्टै नेपालमा अर्को नयाँ ईभी ल्याउने घोषणा गरेको छ । कम्पनीले ओरा फाइभ लन्चिङ कार्यक्रममा जोलियन ईभी ल्याउने घोषणा गरेको हो ।

कम्पनीका निर्देशक प्रतिक जलानले भावि रणनीतिका बारेमा जानकारी दिँदै भने, ‘हामीसँग अबको ६ देखि ९ महिनामा लामो प्रोडक्ट लाइनअप हुनेछ । जहाँ उपभोक्ताले हाभल जोलियन ईभी पनि किन्न सक्नेछन् ।’

निर्देशक जलानले प्रस्टसँग भनेका छन्, ‘३ देखि ४ ईभी मोडलसँगै ट्याङ ३०० र ५०० मोडल युरो ७ मापदण्डमा लन्च गर्ने पहिलो कम्पनी बन्ने लक्ष्य छ ।’ यसले भीजी इम्पेकसको अगाडिको यात्रा निकै आक्रमक बन्ने अनुमान गरिएको छ ।

भीजी इम्पेक्सले नेपाल ल्याउने घोषणा गरिसकेको जोलियन ईभीको धेरै कुरा बाहिर आइसकेको छैन । तर, हाभलले यसअघि पेट्रोल र हाइब्रिड मोडलमा बिक्री गर्दै आएको एसयूभी नै ईभीमा पनि ल्याउन लागेको हो ।

साइजको आधारमा जोलियन ईभी अहिलेकै हाइब्रिड मोडल सरह लम्बाइ ४४७२ एमएम, चौडाइ १८४१ एमएम र ह्वीलबेस २७०० एमएम हुनेछ । यो एसयूभीमा क्याबिन स्पेस एथेस्ट पाउन सकिन्छ ।

केही चिनियाँ मिडियाले गरेको रिपोर्टिङ अनुसार यसको इलेक्ट्रीक भर्सन १५० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहने छ । पीकटर्क भने ३०० न्यूटन मिटर हुनेछ ।

क्याबिन फिचरमा १२.३ इन्चको सेन्टर टचस्क्रीन, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, हेडअप डिस्प्ले, वायरलेस चार्जर, डुअल जोन क्लाइमेट कन्ट्रोल, भ्यानिटलेटेड सिट रहने सहजै अनुमान गर्न सकिन्छ । जुन फिचरहरू हाइब्रिड मोडलमा पनि उपलब्ध छ ।

एडास फिचर सहितको एनक्याप टेस्टहरूमा ५ स्टार सेफ्टी रेटिङ पाउन सफल जोलियन ईभीको सम्पूर्ण विवरण थाहा पाउन भने केही महिना कुर्नै पर्ने हुन्छ ।


Back_to_top