रविभवनमा कार र मोटरसाइकल ठोक्किदा एकको मृत्यु, कार चालक प्रहरी हिरासतमा

काठमाडौं । आज बिहान काठमाडौंको रविभवनमा कार र  मोटरसाइकल एक-आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । कल‌ंकीबाट कालीमाटीतर्फ आइरहेको बा २१ च ४३४७ नम्बरको कार र विपरीत दिशाबाट जाँदै गरेको बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल ठोक्किएको हो।

उक्त दुर्घटनामा मोरङ घर भएको मोटरसाइकल चालक टीकाराज गेलालको मृत्यु भएको ट्राफिक प्रहरी कार्यलय कालिमाटीले जानकारी दिएको छ ।

घाइते मोटरसाइकल चालकलाई अस्पताल पुर्‍याउने बित्तिक्कै अस्पतालले मृत घोषणा गरेको थियो । कार नेपाली सेनाका प्रमुख सेनानीले चलाएका थिए ।

उनलाई प्रहरीले नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त कालीमाटीमा राखेको छ।


Back_to_top