यसरी बचाउन सकिन्छ माेटरसाइकलकाे क्लच प्लेट

काठमाडौं । सवारी साधनमा प्रयोग हुने क्लच निकै महंगो मध्यको एक पाट्स हो । क्लच प्लेटको मूख्य काम इन्जिन र पाड्ग्राबीचको सम्बन्ध जोड्ने तथा फुकाउने हो ।

सामान्यतया मोटरसाइकलमा क्लच प्लेटको धेरै समस्या आइरहेको हुने गर्छ । हेवी ट्राफिकमा धेरै चलउनु पर्दा क्लज प्लेट धेरै बिग्रने गर्छ । क्लचको  गलत प्रयोग जति गर्यो त्यतिनै क्लचमा समस्या आउने हो ।

कतिपय मानिसको क्लच लिभर समातेरै बाइक चलाउने बानी हुन्छ । जसले क्लच प्लेटमा दवाब बनाइ राख्छ र चाँडै बिग्रने गर्छ ।  क्लच प्लेट बिग्रने समस्या चालकको सवारी चलाउने बानीमा धेरै हदमा भर पर्छ ।

कसरी बचाउने क्लच प्लेट ?

सबैभन्दा पहिला क्लचको लिभर सहि स्थानमा हुनु पर्छ । सबभन्दा टुप्पोमा अथवा ह्याण्डल बारको नजिक हुनु हुँदैन । हरेक पटक क्लचकाे प्रयाेग गर्दा क्लच पुर्णरूपमा लिनु पर्ने हुन्छ । क्लचलाइ पुर्णरूपमा लिएर गियर चेन्च गरेपश्चात मात्र फेरि क्लच रिलिज गर्नु पर्ने हुन्छ ।

त्यस्तै उकालो तथा कच्चि सडका मोटरसाइकल चलाउदा बिशेष ध्यान दिनु पर्ने हुन्छ । कतिपय चालकले २ गियरमा मोटरसाइकल चलाउने र मोटरसाइकलले नतान्ने अबस्थमा आएमा क्लको साहायतमा मोटरसाइकल चलाउने गरेको पाइन्छ । यसो गर्दा क्लचमा भार पर्छ र चाडै क्लच प्लेट बिग्रने हुन्छ । यस्तो अबस्थमा सधै पहिलो गियरमा नै मोटरसाइकल चलाउनु उपर्युक्त हुन्छ ।

जाममा बस्दा पहिलो वा दोस्रो नम्बरको गियरमा सवारी राखि क्लचसमातेर बस्नु हुँदैन । गियरमा धेरै समय सवारी रोकेर एक्सिलेटर बटारी रहने बानी छ भने तत्काल रोक्नुपर्छ ।

ट्राफिक जाममा रोकिनु पर्दा सधै न्यूटल गियरमा बस्नु पर्छ । अझ धेरै समयको जाम हो भने इन्जिन नै बन्द गरेको राम्रो हुन्छ जसले इन्धनको पनि वचत गर्छ र वातावरणको प्रदूषण पनि रोक्न सहयोग गर्छ ।

अर्को सबैभन्दा नराम्रो बानी दोस्रो वा तेस्रो गियरमा नै रोकिएको अवस्थामा सवारीसाधन उठाउने प्रयास गर्नु हुँदैन । यसो गर्दा क्लच प्लेटलाई दवाब पर्छ । त्यसैले रोकिएको स्थानबाट आफ्नो सवारीलाई अगाडि बडाउँदा सधै पहिलो नम्बरको गियरमा उठाउनु पर्छ ।

सवारी स्टार्ट गर्दा पनि सधै न्यूटल गियरमा स्टार्ट गर्नु पर्छ । एकदमै हतारको बेलामा कहिलेकाहिँ पहिलो नम्बरको गियरमा स्टार्ट गर्न पनि सकिन्छ । तर आफ्नो बानि भने सधै न्यूटलमा राखेर स्टार्ट गर्ने हुनु पर्छ । यसो गर्दा लामो समयसम्म पनि क्लचप्लेट परिवर्तन गर्न जरुरी हुँदैन ।

कम्पनीले क्लच प्लेटको वारेन्टी समेत नदिने भएकोले क्लच प्लेटको उपयूक्त तरिकाले संरक्षण गर्नु राम्रो हुन्छ ।


Back_to_top