भन्सारले बेच्दै सस्तोमा बाइक, यस्तो छ बिक्रीमा रहेको मोडल र मूल्य

काठमाडौं । भन्सार कार्यालय सुनसरीले बिभिन्न सवारीसाधन लिलामीको सूचना निकालेको छ । कार्यालयले २००९ देखि २०१८ सम्म उत्पादन भएका बाइकहरु लिलामीमा निकालेको हो । उक्त लिलामीमा २०१८मा बनेको २२० सीसीको बाइक ७१ हजारभन्दा कम मूल्यमा लिलामी राखिएको छ । 

सुनसरी भन्सार कार्यालयले भन्सार छली गरेर ल्याइएका मोटर साइकलसहितका अन्य ८० वटा सवारी साधन लिलामी गर्न सार्वजनिक सूचना प्रकाशित गरेको हो ।

सरकारले लिलामी गर्न लागेको बाइकहरु विभिन्न ब्रान्डका रहेका छन् भने कवाडीमा कार, सफारी, भ्यान तथा ट्याक्टरसमेत रहेका छन् ।

यो सूचना यही जेठ ३० गते प्रकाशन भएको हो । इच्छुक व्यक्ति, फर्म वा कम्पनीले २१ दिन भित्र बोलकवलमा सहभागी हुन सक्ने छन् । 


Back_to_top