केटीएम आरसी-१२५ भारतमा सार्वजनिक हुँदा नेपालमा डूक-१२५ आउला

काठमाडौं । अष्ट्रियन मोटरसाइकल कम्पनी केटीएमले भारतमा जुलाई अन्तिम साताबाट बिक्री गर्ने तयारी गरेको केटीएम आरसी–१२५ को टिजर सार्वजनिक गरेको छ । यता नेपाली बजारमा केटीएम डूक–१२५ आउने सम्भावना रहेको छ । डूक १२५ भारतीय बजारमा निकै राम्रो व्यापार गरिरहेको मोटरसाइकल हो ।

नाडा अटो शो २०१९ मा डूक १२५ नेपाल आउने सम्भावना रहेको नेपालको लागि आधिकारीक वितरक एचएच बजाज स्रोतले जानकारी दिएको छ । यसले बजारमा नयाँ आउने यामाहा एमटी–१५ सँग सिधा प्रतिस्प्रर्धा गर्ने अनुमान गरिएको छ ।

केटीएमको नयाँ उत्पादन आरसी–१२५ले यामाहाको चर्चित बाइक आर–१५ भी–३ सँग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । 

केटीएम आरसी–१२५ र डूक–१२५ दुबैमा १२४.७ सीसी सिगंल सिलिन्डर लिक्विड कुल्ड फ्युल इन्जेक्टड इन्जिनको प्रयोग गरिएको छ । यो इन्जिनले ९२५० आरपीएममा १४.५ पीएस तथा ८ हजार आरपीएममा १२ एनएम टर्क उत्पादन  गर्छ ।

केटीएम डूक–१२५ आफ्नो पुरानो सिरिज डूक–२०० र डूक–३९० बाट प्रभावित रहेको छ । यो बाइक भारतीय बजारमा निकै सफलता पश्चात् कम्पनीले केटीएम आरसी–१२५ ल्याउने तयारी थालेको हो । 

आरसी–१२५को फ्रन्ट र रियरमा डिस्क ब्रेकसहितको ह्वील लगाइएको छ भने, रियरमा एडजस्टेवल मोनोसक र फ्रन्टमा अपसाइड डाउन फर्क दिइएको छ । यसमा मेटजेलरको टायर लगाइएको कम्पनीले जनाएको छ । 

यो बाइकको डिजाइन, एक्जस्ट लगायत, विभिन्न पार्टस आरसी–२०० तथा आरसी ३९० को जस्तै छ । कम्पनीले आरसी–१२५ यूरोपियन डिजाइनमा निर्माण गरेको  छ ।

यसको मूल्य भने अहिलेसम्म सार्वजनिक भएको छैन । यद्यपी भारतमा १ लाख ४५ हजार देखि १ लाख ५० हजार भारु पर्ने अनुमान गरिएको छ । 


Back_to_top