बाइक तथा स्कुटरको ट्रायल दिदै हुनुहुन्छ ? ट्रायलअघि थाहा पाउनुस् यी ६ स्टेप

काठमाडौं । सवारी चालक अनुमति पत्र बनाउने विषय अहिले निकै कठिन बनेको छ । यातायात कार्यालयले समयमा लाईसेन्स वितरण गर्न नसक्दा ट्रायल पास गरेर बसेकालेपनि वर्षदिन बितिसक्दा पनि हातमा लाईसेन्स पाउन सकेका छैनन् ।

उसो त लाईसेन्स आवेदन प्रकृयामा नै निकै समस्या रहेको छ । त्यसैले निकै ठूलो मिहिनेत र प्रतिक्षा पछि ट्रायल दिन पाउनु भएको हुन्छ त्यसैले केही सावधानी अपनाएर ट्रायल दिने हो भने सजिलै साप गर्न सकिन्छ ।

बाइक तथा स्कुटरको ट्रायल सबैभन्दा महत्वपूर्ण कुरा आत्मबल हो । उच्च आत्मबलका साथ ट्रायल दिने मानिसले ट्रायल सजिलै पास गर्न सक्छ । त्यसैले ट्रायल दिदा निम्न कुरामा ध्यान दिन जरुरी हुन्छ ।  

१. तपाई ट्रायल सेन्टरमा पुगेपछि बाइक तथा स्कुटर पार्किङमा गएर सबैभन्दा पहिला हेल्मेट लगाउनुस् र हेल्मेटको लक लगाउन नर्बिसनुस् । हेलमेट लगाएपछि बाइक स्टार्ट गर्नुस् र स्टायन लगाएर बिस्तारै अगाडि बढाउनुस् ।

२. ट्रायलको सुरुवातमा एटको घेराबाट हुन्छ । एटको घेराभित्र छिरिसकेपछि पँहेलो रेखा छुन, खुट्टा टेक्न पाईदैन भने यहाँ बाइक तथा स्कुटरको स्टार्ट बन्द भयो भने फेल हुइन्छ । एटमा एक राउन्ड घुमिसकेपछि पुनः आधार राउन्ड लिएर बाहिर निस्कनु पर्छ । 

३. एट तपाईले कटाउनु भएपछि अगाडि बढ्दा जेब्राक्रसिङ आउने छ, यहि ठाँउमा हो तपाईले सडकमा लाईटलाई कसरी हेर्नु हुन्छ भनेर परिक्षण हुने । त्यसैले

जेब्राक्रसमा जानुभन्दा अघि ट्राफिक बत्ती हेर्नुपर्छ ।

रातो र पँहेलो बत्ती बलेमा जेब्राक्रसमा नछुवाई रोक्नुपर्छ । हरियो बत्ती बलेमा नरोकी अघि बढ्नुपर्छ । जेब्राक्रसमा प्रबेश गरिसकेपछि जुनसुकै बत्ती बलेपनि रोक्किनु पर्दैन ।

४. त्यसपछि तपाई सडकमा गुड्दा दायाँ वा बाँया मोडदा कत्तिको सजक हुनुहुन्छ भन्ने विषयमा परिक्षणमा पर्नु हुन्छ । त्यसैले जेब्रा क्रसिङ पछि यूटर्न दिइएको हुन्छ । त्यहाँ साईड लाईट बालेर अगाडी बढ्नु पर्ने हुन्छ । यूटर्न सकिएपछि साईड लाईट बन्द गर्नु पर्छ । यदि यहाँ साईड लाईट बाल्न बिर्षनु भयो वा पछि निभाउन बिर्षेमा पनि फेल होइन्छ ।

५. अब तपाईको परिषण स्पीड ब्रेकरमा हुनेछ । त्यहाँ बाइकलाई आफ्नो नियन्त्रमा राखेर बिस्तारै अगाडि बढ्नु पर्छ । 

६. नयाँ चालकलाई उकालो सबैभन्दा कठिन मानिन्छ । उकालोमा बाइक तथा स्कुटर चलाउँदा बिस्तारै लगेर उकालोमा तानिउको दुबै धर्काहरु नछोई रोक्नु पर्छ । ट्राफिक प्रहरीले अगाडि बढ्न संकेत गरेपछि मात्रै अघि बढाउनु पर्छ । 

उकालोमा बाइक तथा स्कुटर उडाउँदा पछाडि हट्नु हुँदैन । उकालोमा रोक्दा खुट्टा जमिनमा टेक्न पाइन्छ । त्यसपछि ओरालोमा पनि दुबै धर्काको बीचमा रोक्नु पर्छ । ट्राफिक प्रहरीले अगाडि बढ्न संकेत गरेपछि मात्र अगाडि बढाउने । 

यी ६ स्टेप साप गर्ने हो भने तपाई बाइक तथा स्कुटर चलाउने अनुमति पत्र पाउन योग्य हुनुहुने छ । 


Back_to_top