काठमाडौं । नयाँ बसपार्कस्थित विष्णुमति करिडोरमा ५०० मिटर सडक विस्तार गरिएको छ ।
काठमाडौं महानगरपालिका-२६ मित्रनगर विकास तथा सुधार समिति र ल्होत्से बहुउदेश्यीय प्रालिको संयुक्त पहलमा मित्रनगरदेखि बसपार्क पुलसम्मको करिडोर विस्तार गरिएको हो ।
उक्त बाटो विस्तारसँगै बालाजुदेखि बानियाँटारसम्म करिडोर हुँदै सवारी साधन आगमनमा सहजता हुने काठमाडौं महानगरपालिका वडा– २६ का अध्यक्ष खेमराज तिवारीले जानकारी दिए ।
‘सुन्दर नयाँबसपार्क निर्माणका लागि यो अभियानले महत्वपूर्ण भूमिका खेल्नेछ,’–उनले भने । सडक विभागको सहयोगमा बालाजुदेखि बसपार्कसम्मको करिडोरको बाटोलाई छिट्टै कालोपत्रे गरिने वडाअध्यक्ष तिवारीले जानकारी दिए ।
ल्होत्से बहुउदेश्यीय प्रालिका मानव संशोधन प्रमुख पञ्कज मल्लले उक्त करिडोर विस्तारसँगै बालाजुबाट नयाँ बसपार्क आउने सवारी साधन दुई बाटो भएर चल्न सक्ने हुँदा सवारी जाममा सहज हुने बताए ।