काठमाडौं । बीएमडब्लूको एफ ४५० जीएस मोटरसाइकल यसै वर्ष भित्र सार्वजनिक हुने भएको छ । कम्पनीले गत जनवरीमा सम्पन्न भारत मोबिलिटी एक्स्पोमा प्रदर्शन गरेको उक्त मोटरसाइकल २०२५ को अन्तिमसम्ममा सार्वजनिक गर्ने भएको हो ।
एफ ४५० मोटरसाइकल २०२५ को अन्त्यमा विश्वव्यापी रूपमै सार्वजनिक गर्ने तयारी भइरहेको बीएमडब्लूले जनाएको हो । कम्पनीका अनुसार इक्मा २०२५ यो मोटरसाइकल सार्वजनिक हुनेछ । यसअघि पहिलो पटक कन्सेप्टका रूपमा इक्मा २०२४ मा सार्वजनिक भएको थियो ।
कम्पनीले भारत मोबिलिटीमा प्रदर्शन गरेको एफ ४५० जीएस कन्सेप्ट मोडल भए पनि प्रडक्सन मोडल जस्तै देखिन्छ ।
हालै सार्वजनिक विभिन्न मिडिया रिपोर्टका अनुसार यो मोटरसाइकल भारतमा उत्पादन हुनेछ । भारतमा बीएमडब्लू र टीभीएसको सहकार्यमा उत्पादन भइरहेको जी ३१० सिरिज जस्तै टीभीएसको होसुर प्लाण्टमा जी ४५० जीएस उत्पादन हुनेछ ।
भारतमै उत्पादन हुने भएता पनि यो मोटरसाइकलको मूल्य भने ५ लाख हाराहारीमा (एक्स शोरुम) हुने अनुमान गर्न सकिन्छ । भारतमै उत्पादन भइरहेको जी ३१० जीएसको सुरुवाती मूल्य ३ लाख ३० हजार भारतीय रुपैयाँ रहेको छ ।
जी ४५० जीएस मोटरसाइकलमा ४५० सीसी ट्वीन सिलिण्डर, लिक्वीड कुल्ड इन्जिन उपलब्ध छ । यो इन्जिनले ४८ पीएस पावर जेनेरेट गर्छ ।
सेमिफियर्ड डिजाइनमा तयार यो कन्सेप्ट मोडलको फ्रन्टमा क्वाड एलिमेन्ट एलईडी डीआरएलका साथै चुच्चो ९बेक० दिइएको छ । यसमा ठूलो विन्डस्क्रीन दिइएको छ । यसको फ्रन्टमा गोल्डेन यूएसडी र रियरमा मोनोशस सस्पेन्सन प्रयोग गरिएको छ ।
कम्पनीले यसमा सिंगल पिस र्याली सिट दिएको छ । रियरमा लगेज र्याक, एक्राप्रोभिकको एक्जष्ट दिएको छ । बीएमडब्लू एफ ४५० जीएसमा फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिएको जसमा कनेक्ट फिचर प्याक उपलब्ध हुनेछ । यो मोटरसाइकलको फ्रन्टमा १९ र रियरमा १७ इन्च वायर स्पोक ह्वील प्रयोग गरिएको छ ।

