नेशनल मोटर्सले भित्र्यायो आरजेडएमको दुई ईभी, बिक्री सुरू

काठमाडौं । नेपालको पुरानो अटोमोबाइल कम्पनी नेशनल मोटर्स पनि इलेक्ट्रीक भेहिलक (ईभी)को व्यापारमा प्रवेश गरेको छ ।  कम्पनीले नेपाली बजारमा चिनियाँ ब्राण्ड आरजेडएम अटोको इलेक्ट्रीक भ्यान ल्याएको हो ।

कम्पनीले पहिलो चरणमा १५ र १६ सिटे हाइरुफ भ्यान लन्च गर्ने भएको छ । नेशनल मोटर्सले पछिल्लो समयमा नेपाली बजारमा उच्च माग रहेको १५ सिटे ई-५ ईभी र १६ सिटे आर-५ ईभी भ्यान भित्र्याएको हो ।

१५ सिटे ई-५ ईभीको लम्बाइ ५३०० एमएम, चौडाइ १७०० एमएम, उचाइ २२६० एमएम रहेको छ । यो ईभीमा सीएटीएलको ५३.५८ किलोवाट अवारको थर्ड जेनेरेशन ब्याट्रीप्याक रहेको छ ।

ई-५ ईभीले एकपटकको फुलचार्जमा ३०० किलोमिटरसम्मको रेन्ज दिन्छ । यस भ्यानमा १०० किलोवाटको मोटर रहेको छ । यसको पिक टर्क २७० न्यूटन मिटर सम्मको रहेको छ ।

त्यस्तै, १६ सिट क्षमताको आर-५ ईभीको लम्बाइ ५४६० एमएम, चौडाइ १८८० एमएम र उचाइ २३९५ एमएम रहेको छ । यो ईभीमा ७७.२८ किलोवाट आवरको सीएटीएलको थर्ड जेनेरेसन ब्याट्रीप्याक रहेको छ ।

आर-५ ईभीले एकपटकको फुलचार्जमा ३३० किलोमिटरसम्मको रेन्ज दिन्छ ।  रियरह्वील ड्राइभ १६ सिटे यो भ्यानमा १२० किलोवाटको मोटर दिएको छ । यसको पिक टर्क ३३० न्यूटन मिटरको हो ।

कम्पनीले आजदेखि यी दुवै भ्यानको बिक्री सुरू गर्दैछ । १५ सिटे ई-५ को अनुमानित मूल्य ५५ लाख र १६ सिटे आर-५ को मूल्य ७५ लाख रुपैयाँ हाराहारी रहेको छ ।

साङ्छ आरजेडएम अटो सन् २०१४ मा जियाङ्सु प्रोभेन्समा स्थापना भएको कम्पनी हो ।  कम्पनीले जेड-४, आर-४, आर-५, आर-६ र के सिरिजको भ्यानहरू उत्पादन गरिरहेको छ । यी भ्यानहरू व्यवसायिक, टुरीजम, प्यासेन्जर ट्रान्पोर्ट तथा स्पेशल पर्पोज भेहिलकको रुपमा प्रयोग गर्न सकिन्छ । कम्पनीका अनुसार आरजेडएम ब्राण्डको भेहिकलहरू विश्वका २३ भन्दा बढि देशमा बिक्री भइरहेको छ ।


Back_to_top