बिएमडब्ल्यू F-850 GS को नेपालमा बुकिङ्ग खुल्ला, यस्तो छ मूल्य

काठमाडौं । बिएमडब्ल्यू बाइकको नेपालको लागि आधिकारीक वितरक टर्क मोटर्सले ‘बिएमडब्ल्यू–८५०–जीएस’ बाइकको बुकिङ्ग खुल्ला गरेको छ । 

कम्पनीले यसअघि नेपाली बजारमा बिएमडब्ल्यू ‘जी–३१०–आर’ र ‘जी–३१०–जीएस बिक्री वितरण गर्दै आएको छ । एडभेन्चर बाइकको सेग्मेन्टमा बिएमडब्ल्यू–३१०–जीएसले राम्रो पर्फमेन्स गरिरहेको समेत कम्पनीले दावी गरेको छ । 

नेपाली बजारमा एडभेन्चर बाइकको माग बढ्दै गइरहेको समयमा कम्पनीले ८५० जीएस बाइक नेपाल भित्र्याउने भएको हो । कम्पनीले बिएमडब्ल्यू–८५० जीएसको बुकिङसमेत खुल्ला गरेको छ । उक्त बाइक चैत्र महिना भित्रै नेपाल आइसक्ने कम्पनीले जनाएको छ ।

बिएमडब्ल्यू–८५० जीएसमा ८५३ सीसी लिक्वीडकूल्ड, डबल सिलिन्डर, ४ भल्भ इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम ९४ बिएचपी तथा ९२ एनएक टर्क जेनेरेट गर्छ । बाइकको फ्रन्टमा ३०५ एमएम डबल र रियरमा २६५ एमएम सिगंल डिस्क रहेको यो बाइकमा डबल च्यानल स्विचेवल एबिएस रहेको छ । १५ लिटर क्षमताको फ्यूल ट्याङक रहेको बाइकले प्रतिलिटर २२ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ । ४३ एमएमको यूएसडी र्फक, फुल एलइडी लाइट, ६ स्पीड गियर बक्स जस्ता फिचर उपलब्ध रहेको छ । नयाँ बाइकको मूल्य ३६ लाख रुपैयाँ रहेको छ भने प्रि–बुकिङ गर्न चाहने ग्राहकले १० लाख रुपैयाँ अग्रिम भुक्तानी गर्नु पर्नेछ । 


Back_to_top