काठमाडौं । बीएमडब्ल्यूको इन्ट्रीलेवल स्पोर्टस मोटरसाइकल नेपाल आउने भएको छ । कम्पनीले नयाँ मूल्यसूची सार्वजनिक गर्दै जी ३१० आरआर नेपाल आउने जानकारी दिएको हो ।
बीएमडब्ल्यू माेटरसाइकलकाे लागि नेपालको आधिकारिक विक्रेता कम्पनी टर्क मोटर्सले जी ३१० आरआर केही समय पश्चात नेपाल भित्र्याउने तयारी थालेको जनाएको छ । अवको तीन/चार महिनामा यो मोटरसाइकल नेपाल भित्रने कम्पनीको भनाई छ ।
कम्पनीले बजारमा उर्ताने तयारी गरेको बीएमडब्ल्यू जी ३१० आरआरको बुकिङ खुला गरेको हो ।
कम्पनीले यसको मूल्य १६ लाख निर्धारण गरेर बकिङ खुल्ला गरेको हो । कलर भेरियन्ट अनुसार मोटरसाइकलको मूल्य फरक हुनेछ ।
टीभीएसको आरआर ३१० मा आधारित मोटरसाइकल जी ३१० आरआरमा ३१२ सीसी सिंगल सिलिन्डर इन्जिन रहेको छ । यो इन्जिनले ३४ पीएस पावर तथा २८.५ एनएम टर्क जेनेरेट गर्छ । ६ स्पीडको गियरबक्स भएको यो मोटरसाइकलमा ४ राइड मोड उपलब्ध छ । यसको टप स्पीड क्षमता १६० किलोमिटर प्रति घन्टा रहेको छ ।
भारतमा यसको एक्स सोरुम मूल्य ३ लाख भारतीय रुपैयाँ रहेको छ ।


