बिएमडब्ल्युको सस्तो बाइक ‘G310R’को बुकिङ खुल्ला, यस्तो छ मूल्य

काठमाडौं । विश्वभर निक्कै चर्चा कमाइरहेको बिएमडब्ल्युको सस्तो बाइक ‘जी ३१० आर’को भारतीय बजारमा बुकिङ खुल्ला हुने भएको छ । 

बिएमडब्ल्यु मोटरार्ड कम्पनीले जुन ८ अर्थात भोलि शुक्रबारबाट ‘जी ३१० आर’ र ‘जिथ्री टेन जिएस’को एकैपटक बुकिङ खुलाउन लागेको हो । बाइक खरिद गर्न चाहने ग्राहकले ५० हजार भारतीय रूपैयाँ तिरेर अग्रिम बुकिङ गर्न सक्ने छन् । 

भारतीय मोटर कम्पनी टिभिएस र जर्मन कम्पनी बीएमडब्ल्यूको सहकार्यमा बनेको ‘जी ३१० आर’ बाइकमा सिंगल– स्क्रीन, डिजिटल इन्स्टुमेन्ट कन्सोलको प्रयोग गरिएकाे जसलाई ‘पेन्टागनल विन्डशील्ड’ले ढाकिएको छ । 

बाइकमा ३१३ सीसी क्षमताको लिक्विड कुल्ड, सिंगल सिलिन्डर प्रयोग गरिएको छ । यसमा ४ बल्व तथा रिवस्र्ड डिओएचसी सिलिन्डर दिइएको छ ।  यो इन्जिनले ३४ बिएचपी पावर दिन्छ भने २८ एनएम टर्क उत्पादन गर्छ । 

६ स्पिड म्यानुअल ट्रान्समिसनको साथै  एडभेन्चर टुअरिङको विशेषता रहेको बीएमडब्ल्यूमा टिभिएस जिथ्री १० आर सिंगल-स्क्रीन, डिजिटल इन्स्टुमेन्ट कन्सोलको प्रयोग गरिएको छ ।

यसमा टेकोमिटर, स्पीडोमीटर, रेडलाइन सूचक, ओडोमिटर र ट्राभल मिटरजस्ता आवश्यक कुराहरुको जानकारी दिने उपकरण जडान भएका छन् ।

यो बाइकमा प्रयोग गरिएको गियरबक्स ६-स्पिड म्यानुयल रहेको छ भने कम्पनीको अनुसार यसको टप स्पिड १ सय ५२ किलोमिटर प्रति घन्टा रहेको छ ।

कम्पनीले दुबै बाइक भारतीय सडकलाई मध्यनगर गर्दै निर्माण गरेको जनाएको छ ।

त्यस्तै, बिएमडब्ल्यु जी ३१०  जिएस बाइक जर्मनीमा निर्माण गरिएको हो । ३ लाख ५० हजार भारु मुल्य निर्धारण गरिएको छ । त्यस्तै बीएमडब्ल्युकाे सबैभन्दा सस्ताे भनिएकाे जी ३१० अार वाइककाे मूल्य २ लाख ८५ भारू ताेकिएकाे छ । 


Back_to_top