काठमाडौं । जेठ १५ गते प्रस्तुत भएको आर्थिक वर्ष २०७५/०७६ को बजेटले ४०० सीसीभन्दा माथिको बाइकमा २ लाख सडक दस्तुर लगाएपछि ठूला सीसीका मोटरसाइकलको भविष्य के होला भन्ने आशंका बढेको छ । साथै, २० प्रतिशतसम्म अन्तःशुल्क पनि बृद्धि गरिएको छ, जसको कारण ४०० सीसीभन्दा माथिका बाइक कम्तीमा ३ लाख रुपैयाँले महंगो हुनेछन् ।
नेपाली सडकमा देखिने यी बाइकहरू बुलेट ५०० क्लासिक, बेनेली ६०० आई (एबीएस) र अप्रिलिया सिभर स्पोर्टस् ७५० एबीएस अब निकै महंगो हुने निश्चित छ ।
बुलेट ५०० क्लासिक

नेपालका लागी रोयल एन्फिल्डको आधिकारीक बिक्रेता दुगर ब्रदर एण्ड सन्सले नेपाली बजारमा बिक्री वितरण गर्दैआएको बुलेट ५०० क्लासिकको अहिले बजार मूल्य ५ लाख ६१ हजार रुपैयाँ रहेको छ । ४९९ सीसी इञ्जिन क्षमता भएको यो बाइकले ५२५० आरपीएममा २७.२ बीएचपी र ४००० आरपीएममा ४१.३ एनएम टर्क उत्पादन गर्छ ।
यो बाइकले ३५ किलोमिटर माइलेज दिने कम्पनीले दाबी गरेको यस बाइकमा १३.५ लिटरको फ्यूल ट्यांकी दिइएको छ । अब यो बाइकको मूल्य ८ देखि ९ लाख रुपैयाँको विचमा पर्नेछ ।
बेनेली ६०० आई (एबीएस)

केटीएम इन्टरनेशनलले नेपाली बजारमा बिक्री–वितरण गर्दैआएको बेनेली ६०० आई एबीएस भर्सनको हाल बजार मूल्य हाल १६ लाख ५० हजार रहेको छ ।
११५०० आरपीएममा ८३.९० बीएचपी र १०५०० आरपीएममा ५४.६ एनएम टर्क उत्पादन गर्ने यो बाइकले १९ किलोमिटर माइलेज दिने कम्पनीकोे दाबी छ ।
६०० सीसीको इञ्जिन क्षमता रहेको यो बाइकमा १५ लिटरको फ्यूल ट्यांकी दिइएको छ । साथै, यसमा ६ स्पीड गिएर बक्स उपलब्ध रहेको छ । अब यस बाइकको मूल्य २१ लाख रुपैयाँको हाराहारीमा पुग्ने अनुमान लगाउन सकिन्छ ।
अप्रिलिया सिभर स्पोर्टस् ७५० एबीएस

अप्रिलियाको नेपालको लागी आधिकारीक बिक्रेता दी लाइफ स्टाइलले रहेको छ । कम्पनीले बिक्री गर्दैआएको अप्रिलिया सिभर स्पोर्टस् ७५० एबीएसको नेपाली बजार मूल्य २० लाख रहेको छ । अब यो बाइकको मूल्य २५ लाख हाराहारीमा पर्ने देखिन्छ ।
८७५० आरपीएममा ९५.२ बीएचपी र ६५०० आरपीएममा ६४.४टर्क उत्पादन गर्ने यो बाइकले २५ किलोमिटर माइलेज दिने कम्पनीकोे दाबी छ ।
७५० सीसीको इञ्जिन क्षमता रहेको यो बाइकमा १५ लिटरको फ्यूल ट्यांकी दिइएको छ ।

