वार्षिक ३ अर्व ३१ करोड तलवभत्ता लिने सीईओको संकट

उमेरले ५५ वर्षिय डेनिस मुलेनवर्गले सन् २०१८ मा तलवभत्ता र लाभांश गरेर बोईङ कम्पनीबाट ३ अर्व ३१ करोड २० लाख रुपैयाँ (२ करोड ९५ लाख डलर) बुझेका थिए । कम्पनीले सन् २०१८ मा १०१ अर्व डलर बराबरको कारोवार गरेको थियो । 

मुलेनवर्ग पछिल्ला ३४ वर्षदेखि बोइङ कम्पनीसँग जोडिएका छन् । तर, यसबीचमा निकै उतारचढाव आएपनि इथोपिएयन एयरलाईन्सको ७३७ म्याक्स ८ को दुर्घटनापछि उनले अहिलेसम्मकै सबैभन्दा ठूलो चुनौतिसँग जुध्नु परेको छ ।

गतहप्ता संसारभर म्याक्स ८ को उडान रोकिएसँगै कम्पनीको सेयरमा १३ प्रतिशतले गिरावट आएको थियो । चिनीयाँ विमान कम्पनीले सुरुवातमा नै म्याक्स ८ को उडान रोकेपछि पछिल्लो दिनमा अमेरिकी विमान अथ्रुरिटीले नै ७३७ को उडान तत्काल रोक्न भनेको छ । 

यसले बोइङको कारोवारमा उच्च गिरावट आउने निश्चित भएको छ । करिब ५ हजार यूनिट ७३७ म्याक्सको बुकिङ लिएर बसेको कम्पनीले आगामी २ महिनासम्म म्याक्स ८ डेलिभरी गर्न पाउने छैन । यसले कम्पनीको कारोबारमा करिब ५ अर्व १ करोड डलरको नोक्सान हुनसक्ने अनुमान गरिएको छ ।

यो चुनौतिबाट कम्पनीलाई बाहिर ल्याउन मुलेनवर्गले कसरी काम गरिरहेका छन् भन्ने चासो र चर्चा संसारभर भइरहेको छ ।


Back_to_top