काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७५।७६ का लागि संघिय संसदको दुवै सदनमा पेश गरेको बजेटमा १ हजार सीसीभन्दा बढी क्षमताका गाडीमा अन्तशुल्क बढाइएको छ ।
साथै, १५० सीसीभन्दा बढी क्षमताका मोटरसाइकलसमेत अब महंगो हुने छ ।
बजेट मार्फत सवारी साधनको क्षमता (सीसी) अनुसार वर्गिकरणगरी करको दर बढाइएको हो ।
अर्थमन्त्री युवराज खतिवडाले सवारी साधनलाई उत्पादनसँग जोड्नु पर्ने भन्दै आएका थिए । अर्थमन्त्रीले सार्वजनिक कार्यक्रममै सवारी साधनको कर बढाउने संकेत पटक पटक दिदै आएका थिए ।
विश्व व्यापार संगठनको नियम अनुसार भन्सारदर बढाउन नपाउने भएपछि अन्तशुल्कमा बृद्धि गरिएको हो ।