यातायात क्षेत्रले पायो १ खर्ब ९ अर्ब

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५/७६ मा यातायात क्षत्रको पुर्वाधार विकास लागि १ खर्ब ९ अर्ब ३८ करोड ३७ लाख बजेट बिनियोजन गरेको छ । 

सरकारले मदन भण्डारी मार्ग बिस्तारका लागि ४ अर्ब ५० करोड बजेट बिनियोजन गरेको छ भने, दक्षिणी सिमा जोडिएका र भौतिक पुर्वाधार कमजोर भएका क्षेत्रको विकासका लागि तराई मधेस पुर्वाधार विशेष कार्यक्रम संचालन गर्न ३ अर्ब ५३ करोड बजेट बिनियोजन गरिएको छ । 

आगामी वर्षमा नौबिसे, नागढुङ्गा सुरुङ मार्गको निर्माणलाई अगाडि बढाईने भएको छ । सुरुङ मार्गमा निर्माण, उपकरण खरिद, सम्भाब्यता अध्यन अगाडि बढाउन र अन्य क्षेत्रमा सुरुङ मार्गको अध्ययन गर्न बजेट ब्यबस्था गरिएको छ । 

पर्यटकीय क्षेत्रमा रणनीतिक सडक तथा कलात्मक पुल निर्माणका लागि ५ अर्ब २४ करोड ७६ लाख बजेट बिनियोजन गरिएको छ । सरकारले ठूला सडक निर्माणको जिम्मेवारी सडक बोर्डलाई दिएको छ  । यसको बजेट वृद्धि गर्दै सरकारले ५ अर्ब ५० करोड बनाएको छ । 

काठमाडौं उपत्यकामा स्मार्ट सिटी निर्माण, मनोरेल, केबलकार संचालनका लागि आवश्यक अध्ययन र रेल मार्ग संचालनको संभाब्यता अध्ययन गर्न बजेट ब्यबस्था गरिएको छ ।  


Back_to_top