हार्लेको झल्को दिने क्रुजर मोटरसाइकलको नेपालमा बिक्री शुरु, मूल्य निकै सस्तो

काठमाडौं । हान्वे मोटरसाइकलको लागि आधिकारिक वितरक माेटर एभेन्यू प्रालीले भि-बब २५० मोटरसाइकलको बुकिङ खुल्ला गरेको छ । कम्पनीले नयाँ क्रुजर मोटरसाइकल केहि समय अगाडि नेपाल भित्र्याएको हो ।

बेल्जीयम ब्रान्डको क्रुजर मोटरसाइकलमा २५० सीसी ट्वीन सिलिन्डर एयरकुल्ड इन्जिन रहेको छ । यो इन्जिनले २१ हर्षपावर तथा १९ एनएम टर्कमात्र जेनेरेट गर्छ । यसको पावरका कारण यो क्रुजर मोटरसाइकल सिटी राइडका लागि उपर्युक्त मानिन्छ ।

यसमा प्रिमियम मोटरसाइकलमा हुने फिचर उपलब्ध रहेको छ । बेल्ट ड्राइभ र यूएसडी फर्क जस्ता फिचरले यसलाई उत्कृष्ट बनाएको छ । यस्तै यसमा डबल एक्जष्ट, मस्कुटर फ्युल ट्याङ, मल्टी स्पोक अलोय ह्वील, रेट्रो डिजाइन हेडल्याम्प जस्ता फिचर रहेको छ ।

यो मोटरसाइकल नेपाली बजारमा दुई कलर रातो तथा कालो अप्सनमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

यो मोटरसाइकलको मूल्य हार्लेको तुलनामा निकै सस्तो रहेको छ । यसलाई बजारमा ७ लाख रुपैयाँ निर्धारणगरि बुकिङ खुल्ला भएको कम्पनीले जनाएको छ । यो मोटरसाइकल बुकिङ गर्ने ग्राहकले केहि समय पश्चात डेलिभरि लिन सक्ने छन् ।

यस्तै कम्पनीले एचडी २५० एससी, एचएस २५०, एचएस १५० को समेत बुकिङ खुल्ला गरेको छ । एचडी २५० एससीको मूल्य ५ लाख ७५ हजार रुपैयाँ, एचएस २५० को मूल्य ४ लाख २० हजार (छुटसहित) र एचएस १५० को मूल्य ३ लाख १५ हजार (छुटसहित) रुपैयाँ रहेको छ ।


Back_to_top