‘भ्यूअर च्वाइस अवार्ड’मा परे यी ४ नयाँ मोटरसाइकल, तीन मोडल नेपाल आउँदै

काठमाडौं । भारतमा एनडी टिभीले प्रदान गर्ने कार एण्ड बाइक अवार्डको लिष्टहरु सार्वजनिक भएका छन् । सन् २०२० मा बजारमा आएका उत्कृष्ट कार र मोटरसाइकललाई दिइने यो अवार्डमा नयाँ मोडलहरुले सहभागिता जनाउने छन् ।

‘सिएनबी’ (कार एण्ड बाइक) भ्यूअर च्वइस अवार्डको मोटरसाइकल क्याटगोवरीमा यस वर्ष हिरो एक्सट्रीम आर, होन्डा एच हाइनेस सिबी ३५०, होन्डा हर्नेट २.० र केटीएम ३९० एड्भेञ्चरले अन्तिम ४ मा आफ्नो स्थान बनाउन सफल भएका छन् ।

यी ४ मध्ये नेपाली बजारमा अहिले केटीएम ३९० एड्भेञ्चर मात्रै विक्री सुरु भएको छ । अन्य तीन वटा मोडल नेपाल आउने प्रक्रियामा रहेका छन् । यस्तोमा यी ४ मोडल ‘सिएनवी’ भ्यूअर च्वइस अवार्डमा छनोट भएसँगै यी मोटरसाइकलको नेपालमा पनि प्रतिक्षा बढ्ने देखिएको छ ।

छनोटमा परेको ४ मोटरसाइकल मध्ये हिरो एक्सट्रीम १६० आर हिरोले बनाएको अहिलेसम्मकै तिब्र गतिमा कुद्न सक्ने मोटरसाइकल हो । यसमा १६३ सीसी क्षमताको इन्जिन रहेको छ । उक्त इन्जिनले १५ बीएच पावर र १४ एनएम टर्क प्रदान गर्ने छ ।

होन्डाले केहि महिनाअघि भारतमा सार्वजनिक गरेको सिबी ३५० क्लासिक मोटरसाइकल हो । क्रुजर डिजाइनमा आएको यो मोटरसाइकल नेपाल ल्याउने तयारी भइरहेको छ । अबको केहि हप्तामा सिबी ३५० नेपाल आउने अनुमान गर्न सकिन्छ ।

होन्डाको अर्को नयाँ मोडल हर्नेट २.० पनि टप फोरमा पर्न सफल भएको मोडल हो । सेगमेन्टमा नै पहिलो यूएसडी फर्कसहित भारतमा विक्री भइरहेको हर्नेट २.० पनि नेपाल ल्याउन स्याकार ट्रेडिङले प्रयास गरिरहेको जनाएको छ । १८४.४ सीसी क्षमताको इन्जिनमा आएको यो नयाँ मोटरसाइकल अहिले भारतमा निकै राम्रो संख्यामा विक्री भइरहेको छ ।

टप फोरमा रहेको केटीएम ३९० एड्भेञ्चर मोडल भने नेपालमा विक्री सुरु भइसकेको छ । निकै स्टाइलिस डिजाइन र उच्च पावरको कारण यो मोटरसाइकल नेपालमा पनि धेरै चर्चा भएको मोटरसाइकल हो ।

यी ४ मध्ये कुनै एउटा मोडलले २०२१ सिएनबी भ्यूअर च्वाइस अवार्ड हात पर्ने छ ।


Back_to_top