काठमाडौं । झापाको दमक नगरपालिका-२ पांगिनीचोक नजिक गए राति यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा२ख १९८३ नम्बरको बस दुर्घटना हुँदा अन्य २१ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनाग्रस्त बसमा ३५ जना सवार थिए। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। अन्य २० जना उपचारपछि घर फर्केका छन्।
बस चालक मोरङ मिक्लाजुङ-३ का ३९ वर्षीय भक्तबहादुर दर्जीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

