काठमाडौं । काठमाडौंको मुटुमा पर्ने बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी संचालनमा आएको छ । महानगरले आफ्नो मौलिक पहिचान झल्कने गरी बस बिसौनी बनाएको हो ।
बानेश्वर क्षेत्रमा उस्तै शैलीका २ वटा बस बिसौनी निर्माण भएका छन् । बबरमहलबाट बानेश्वरतर्फको सडकखण्डमा निर्माण भइरहेको बस बिसौनी आउँदो महिनाभित्र सुचारू गर्ने महानगरको तयारी छ । यी दुवै बस बिसौनीको निर्माण लागत ६२ लाख रुपैयाँ रहेको छ ।
यसको निर्माणमा कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरिएको छ । यस्तै बस्नका लागि काठकै मेच राखिएका छन् । बिसौनी भित्र प्रकाशका लागि बत्ती जडान गरिएका छन् ।
फल्चा उद्घाटनपछि संरचना निर्माणबाट खुशी हुँदै स्थानीय र पैदल यात्रुले बिसौनीले मौलिकता झल्काएको बताएका छन् ।

