‘न्यू क्लास आइएक्स थ्री’सँगै टाइम म्यागजिनको सूचीमा बीवाइडी एटो वान

काठमाडौं । अमेरिकाबाट प्रकाशित हुने विश्व प्रसिद्ध टाइम म्यागजिनले सन् २०२५ को १०० वटा वेस्ट इन्भेन्सनको लिस्ट सार्वजनिक गरेको छ । म्यानगजिनले प्रकाशित गरेको इन्भेन्सनको लिस्टमा अटोमोबाइल क्षेत्रबाट १० वटा विभिन्न प्रोडक्ट र सर्भिसहरू परेका छन् ।

टाइमको लिस्टमा फोर ह्वीलतर्फ बीएमडब्लूको न्यू क्लास आइएक्स थ्री र सानो कारतर्फ बीवाइडी एटो वान (सिगल) परेका हुन् । जर्मन लग्जरी अटोमोबाइल ब्राण्डले ११ बिलियन डलर खर्च गरेर बनाएको ‘न्यू क्लास नेक्स्ट जेनेरेशन भेहिकल अर्किटेक्चर’ कै कारण आइएक्स थ्री चर्चामा रहँदै आएको छ ।

लग्जरी कार निर्माताले नयाँ जेनेरेशन आइएक्स थ्री गत सेप्टेम्बर महिनामा प्रदर्शनी गरेको थियो । यसको बिक्री छिट्टै सुरू हुँदैछ । आगामी वर्षबाट अन्तर्राष्ट्रिय बजारमा यसलाई उपभोक्ताले प्रयोग गर्न सक्नेछन् ।

बीएमडब्लू आइएक्स थ्रीले सिंगल चार्जमा ६०० किलोमिटर माथि रेन्ज दिने कम्पनीको भनाइ छ । यसलाई १० मिनेट मात्रै चार्ज गर्दा २८० किलोमिटर चलाउन पुग्ने चार्ज थप्न सकिन्छ । यसमा बीएमडब्लूको नयाँ रि-डिजाइन गरिएको ब्याट्री सिस्टम छ ।

बीएमडब्लूले नयाँ प्लेटफर्ममा ४० भन्दा बढी नयाँ मोडल लन्च गर्ने योजना बनाएको छ । डिजिटल नर्भस सिस्टम रहेको यो ईभीलाई ‘ओभर दी एयर अपडेट’ गर्न सकिन्छ ।

टाइम म्यागजिनले चिनियाँ अटोमोबाइल कम्पनी बीवाइडीले बनाएको अफोडेबल इलेक्ट्रीक कार एटो वान (सिगल)लाई पनि सन् २०२५ को वेस्ट इन्भेन्सनको लिस्टमा राखेको छ । युरोपियन देशहरूमा डल्फिन सर्फ एशियामा एटो वान नामले बिक्री भइरहेको ह्याचब्याक कारको नाम चीनमा सिगल राखिएको छ ।

गत भदौबाट नेपालमा पनि बिक्री सुरू भएको एटो वान दुई ब्याट्री अप्सनमा उपलब्ध छ । सिंगल चार्जमा ४०० किलोमिटरसम्म रेन्ज दाबी गरिएको गाडीमा देश अनुसार मोटर पावर पनि फरक फरक छ । यसको टप स्पीड १३० किलोमिटर प्रतिघण्टासम्म रहेको छ ।

सन् २०२३ को अप्रिलमा चीनबाट लन्च भएको सिगल जुन २०२५ मा १० लाख युनिट उत्पादन पुरा भएको थियो । सानो सिटी कार भए पनि युरो एनक्यापको क्रयास टेस्टमा ५ स्टार सेफ्टी रेटिङ पाउन सफल कार युरोपमा पनि निकै सफल मानिन्छ ।


Back_to_top