इटालीमा हिरोको प्रवेश, एकैपटक ३६ डिलरबाट बिक्री सुरू गर्ने

काठमाडौं । विश्वको सबैभन्दा ठूलो दुईपाङ्ग्रे साधन निर्माता कम्पनी हिरो मोटोकर्पले इटालियन बजारमा प्रवेश गरेको छ ।

भारतीय मोटरसाइकल तथा स्कुटर निर्माता हिरोले इटालिको पेल्पी इन्टरनेशनलसँगको साझेदारी मार्फत आधिकारिक रूपमा इटालियन बजारमा प्रवेश गरेको हो ।

१६० भन्दा बढी डिलरहरूको नेटवर्क भएको इटालीको अग्रणी दुईपाङ्ग्रे साधन वितरकहरू मध्ये एक रहेको पेल्पी इन्टरनेशनल कम्पनीसँगको सहकार्यमा हिरोले इटालीमा एकैपटक ३६ वटा डिलर नियुक्त गरेको हो ।

इटालीसँगै हिरोले अन्य ४८ देशहरूमा आफ्नो मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आइरहेको छ । कम्पनीले इटालीको मोटरसाइकल सेग्मेन्टलाई ध्यानमा राख्दै सुरूआतमा एक्सपल्स २०० ४भी एक्सपल्स २०० ४भी प्रो र हंक ४४० मोडलजस्ता युरो ५ं मापदण्डबाट निर्माण भएका मोटरसाइकलहरू उपलब्ध गराउने छ ।

पेल्पी इन्टरनेशनलले इटाली बजारमा हिरो मोटरसाइकलको बिक्री, सेवा र स्पेयर पार्टस व्यवस्थापन हेर्नेछ । कम्पनीले सुरूमा इटालीमा ३६ डिलरशिपहरूबाट हिरोको सुरूवात गर्ने छ भने आगामी महिनाहरूमा यसलाई बढाएर ५४ ओटा डिलरसम्म विस्तार गर्ने योजना बनाएको छ ।

हिरो ब्राण्ड विश्वव्यापी रूपमा धेरै मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने कम्पनीको पहिलो स्थानमा रहेको छ ।


Back_to_top