कात्तिक ९ देखि भैरहवामा पुनः उडान गर्दै थाइ एयर एसिया

काठमाडौं । थाइ एयर एशियाले आगामी कात्तिक ९ गते (अक्टोबर २६) देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुनस् उडान गर्ने भएको छ ।

एयरलाइन्सले थाइल्याण्डको बैंककबाट भैरहवा उडान गर्न लागेको हो । एयरलाइन्सले साताको दुई दिन (आइतबार र बुधबार) बैंकक-भैरहवा-बैंकक उडान गर्न अनुमति लिएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

उनका अनुसार बैंककबाट उडेको जहाज भैरहवाबाट मध्याह्न १२:१५ बजे आइपुग्ने दिउँसो १:१५ बजे भैरहवाबाट बैंकक उडने तालिका रहेको छ ।

एयरलाइन्सले भैरहवाका लागि अग्रिम टिकट बुकिङ समेत खुलाइसकेको छ ।

एयरलाइन्सले गत वर्ष पनि विन्टर सेड्युलमा उडान गरेको थियो । तर, चैतबाट उडान रोकेको एयरलाइन्सले ७ महिनापछि पुनः उडान गर्न लागेको हो ।


Back_to_top