‘मार्केट लिडर’ होन्डा डिओ १२५, यस्ता छन् आकर्षक १० पक्ष

काठमाडौं । नेपाली स्कुटर बजारमा होन्डा डिओ १२५ निकै चर्चित मोडल हो । आकर्षक डिजाइन, उत्कृष्ट इन्जिन पर्फमेन्स र आधुनिक फिचरका कारण यो स्कुटर युवापुस्तासँगै सबैको माझ लोकप्रिय बन्दै गएको हो ।

नेपालमा सुरूआती चरणमा ११० सीसी इन्जिन क्षमतामा आएको स्कुटर अहिले १२५ सीसीमा पनि उपलब्ध छ । सबै वर्गका मानिसको रोजाइमा परेकाले हाल यसको माग उच्च छ ।

हाल नेपाली बजारमा बिक्री हुने स्कुटरमध्ये झण्डै आधा हिस्सा होन्डाको रहेको छ । जसमा डिओ १२५ को वर्चश्व रहेको छ । नेपालमा होन्डाका स्कुटर स्याकार ट्रेडिङले बिक्री गर्दै आइरहेको छ ।

यदि, तपाईं स्कुटर किन्दै हुनुहुन्छ भने त्यसको प्रदर्शन, सुविधा, माइलेज, मूल्य लगायत बारे स्पष्ट जानकारी हनु आवश्यक छ । यहाँ हामीले होन्डा डिओ १२५ का १० महत्वपूर्ण पक्षका बारेमा चर्चा गरेका छौं । जसले तपाईंलाई उचित निर्णय गर्न सहयोग पुर्याउने छ।

१. डिजाइन र स्टाइलिस

नयाँ डिओ १२५ स्पोर्टी र बोल्ड लुकमा छ। एलईडी हेडलाइट, डीआरएल, ड्युअल टोन कलर स्किम र फुल डिजिटल मिटरले यसलाई आधुनिक रूप दिएको छ। युवाहरूमाझ यो स्कुटरको डिजाइन मुख्य आकर्षण बनेको छ।

२. इन्जिन प्रदर्शन

होन्डा डिओ १२५ मा १२३.९२ सीसीको स्मार्ट पावर इन्जिन प्रयोग गरिएको छ । यो इन्जिनले करिब ८.३ बीएचपी पावर र १०.४ एनएमको पिक टर्क जेनेरेट गर्छ । सहरभित्रको ट्राफिक र दैनिक यात्राका लागि यो पर्याप्त स्मुथ रिफाइन्ड र शक्तिशाली मानिन्छ ।

३. माइलेज

होन्डा कम्पनीका अनुसार डिओ १२५ ले करिब ५० देखि ५५ किलोमिटर प्रतिलिटरसम्मको माइलेज प्रदान गर्छ। सहरी क्षेत्रको बाक्लो ट्राफिक चापका आधारमा यसलाई उत्कृष्ट मान्न सकिन्छ । यसको माइलेजले दैनिक यात्रालाई किफायती बनाउँछ ।

४. टायर, ब्रेक र सस्पेन्सन

होन्डा डिओ १२५ मा सीबीएस प्रणालीको फ्रन्टमा डिस्क र रियरमा ड्रमब्रेकसँगै ट्युबलेस टायर दिइएको छ । यसको अगाडि टायरमा १२ इन्च र पछाडि टायरमा १० इन्चको अलोय ह्वील प्रयोग गरियको छ । यसमा दिइएको टेलिस्कोपिक फोर्क र मोनोशक सस्पेन्सनले सहज र स्थिर सवारी अनुभव प्रदान गर्छ ।

५. अटो स्टार्ट स्टप सिस्टम

यसमा अटो स्टार्ट र स्टप सिस्टम पाइन्छ । जसले माइलेजमा पनि सुधार गर्न मद्दत गर्छ । मुख्य गरी ट्राफिक जाममा यसको महत्व धेरै हुन्छ ।

६. साइड स्ट्यान्ड इन्जिन कटअफ सुविधा

डिओ १२५ मा साइड स्ट्यान्ड इन्जिन कटअफ छ । यसले साइड स्ट्यान्ड डाउन हुँदा इन्जिन आफैं अफ गरिदिन्छ । र, स्ट्यान्ड डाउन छ भने स्टार्ट हुनबाट पनि रोक्छ। यो सुरक्षका लागि महत्वपूर्ण सुविधा फिचर हो ।

७. डिजिटल टीएफटी डिस्प्ले

प्रायः सबै साधनमा टेक फिचरहरू हुनु निकै आवश्यक छ । होन्डा डिओ १२५ ब्लूटुथ कनेक्टिभिटी सिस्टम सहितको ४.२ इन्चको ड्यासको साथ आउँछ । जसले कल, एसएमएस संगित र नेभिगेसन लगायत अन्य डिटेल्सको बारेमा जानकारी देखाउँछ।

८. अन्य फिचर र प्रविधि

यसमा पीजिएम एफआई सिस्टम, स्मार्ट की सिस्टम, एसीजी साइलेन्ट इन्जिन स्टार्ट, आइडल स्टप सिस्टम, यूएसबी चार्जिङ पोर्ट, स्मार्ट फ्युल लिड, डबल टिप मफलर, डिजिटल मिटर र अन्डर सिट स्टोरेज लगायत फिचरहरू छन्।

९. कलर अप्सन

होन्डा डिओ १२५ दुई भेरियन्टमा उपलब्ध छ । यो रातो, नीलो, खैरो, कालो, पहेँलो र कालो नियोन हरियो गरी ६ कलर विकल्पहरूमा उपलब्ध छ ।

१०. मूल्य

नेपालमा डिओ १२५ स्ट्यान्डर्ड र स्मार्ट गरी दुई भेरियन्टमा उपलब्ध छ । यसको स्ट्यान्डर्ड भेरियन्टको ३ लाख ६ हजार ९०० रुपैयाँ र स्मार्ट भेरियन्टको ३ लाख २५ हजार ९०० रुपैयाँ रहेको छ ।

निष्कर्ष

होन्डा डिओ १२५ स्टाइल, भरोसा र प्रविधिको संयोजन हो। यदि तपाईं दैनिक प्रयोगका साथ आधुनिक अनुभव चाहनुहुन्छ भने, यो स्कुटर तपाईँका लागि उपयुक्त विकल्प हुन सक्छ।

तर, खरिद अघि आफ्नो प्रयोग, बजेट र टेस्ट राइडको अनुभवका आधारमा निर्णय लिनु राम्रो हुनेछ।


Back_to_top