बीवाइडीले ग्राहकलाई दिन थाल्यो ‘डल्फीन ह्याचव्याक’

काठमाडौं । बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंक प्रालिले डल्फीन ह्याचव्याकको डेलिभरी सुरु गरेको छ । कम्पनीले नाडा अटो शो २०२३ बाट बुकिङ लिन थालेको डल्फीनको डेलिभरी सुरु गरेको हो ।

नाडा अटो शोमा धेरै बुकिङ भएको मध्ये एक मोडल डल्फीन स्टाइलिस डिजाइन, उत्कृष्ट रेन्ज, आकर्षक मूल्यको कारण ग्राहकलाई आकर्षित गर्न सफल भएको थियो ।

बीवाइडीको ३.० ड्रागन फेस प्लेटफर्ममा बनेको प्रिमियम ह्याचव्याकको लम्बाई ४२९० एमएम, चौडाई १७७० एमएम र उचाई १५७० एमएम रहेको छ ।

बीवाइडीले डल्फीनलाई आकर्षक बनाउन कुनै कसर बाँकी राखेको छैन । यसमा आकर्षक अलोय ह्वील, स्लीम हेडलाइट, स्टाइलिस बडी डिजाइन, पानारोमिक सनरुफ, एलइडी लाइट दिइएको छ ।

यसको इन्टेरियर निकै स्मार्ट फिनिसिङमा तयार पारिएको छ । भ्वाइस नेभिगेसन सहितको १२.६ इन्चको टचस्क्रिन, भेहिकल टु लोड (भीटुएल) चार्जिङ, फ्रन्ट पार्किङ राडार, सिट बेल्ट वार्निङ लाइट, टायर प्रेसर मोनिटर जस्ता सुरक्षा फिचर छन् ।

डल्फीनमा ४४.९ किलोवाट आवर क्षमताको बीवाइडीको ब्लेड ब्याट्री रहेको छ । यसलाई सिंगल चार्जमा ३४० किलोमिटर गुडाउन सकिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । यसको मूल्य ३९ लाख ८० हजार रुपैयाँ तोकिएको छ ।

 


Back_to_top