काठमाडौं । जापनी अटोमोबाइल कम्पनी निसानले नयाँ इलेक्ट्रीक कारको कन्सेप्ट देखाएको छ । कम्पनीले आफ्नो युरोप डिजाइनको २० औं वार्षिकोत्सवको अवसरमा नयाँ ईभीको कन्सेप्ट देखाएको हो ।
निसानले देखाएको कन्सेप्ट कार एक स्पोर्टी अर्बान कार हो । यो कार निसानको फर्मुला ई कारबाट प्रभावित भएको देखिन्छ ।
यो कन्सेप्ट कारले निसानको २० वर्षे निसान डिजाइन युरोपलाईसाथै निसानको ट्रेडिस्नल नम्बर २३ (नि सान) र चालु वर्षलाई पनि रिफ्लेक्ट गर्छ । थ्री डोरको यो कार झट्ट हेर्दा कम्पनीले गत वर्षको जनवरीमा टिज गरेको माइक्रो ईभी जस्तो देखिएको छ । यो कारको फ्रन्ट तथा रियरमा एक्ट्रीम एरोडायनामिक्स डिजाइन देख्न सकिन्छ ।
यसमा मोटर स्पोट्स स्टाइलको ठूलो साइजको ह्वील आर्क, एक्टेन्डेट स्कट्स, एङ्गुलर स्लिट्स फ्रेम, फ्रन्ट ब्रेकको पछाडि एयर आउटलेट तथा रियर ब्रेकको पछाडि एयर इनलेट रहेको देखिन्छ । कारको पछाडि एकदमै ठूलो साइजको रुफ स्पोइलर रहेको देखिएको छ ।

यसमा सेमी सर्कल डिजाइनको एलईडी हेडलाइट तथा टेललाइट दिएको छ । जसले टर्न लाइटको समेत काम गर्नेछ । यसको ए पिल्लरमा सिजर डिजाइनको माथि पट्टी खुल्ने साइड डोर रहेको छ ।

यो कारलाई निसानले पर्फमेन्समा फोकस गरेकाले यसको इन्टेरियर डिजाइन भने साधरण देखिन्छ । निसानले यो ईभीको पावरट्रेन तथा ब्याट्री प्याकको बारेमा भने केही पनि जानकारी दिएको छैन ।



