चीनमा इलेक्ट्रीक कारको माग उच्च रहेको छ । इन्धनबाट चल्ने सवारीको विकल्पको रुपमा संसारभर इलेक्ट्रीक सवारीसाधनकाे माग बढी रहेको छ । सगम्रमा चीनमा इलेक्ट्रीक कारको बिक्री ०१९ को मेमा ६४ प्रतिशतले वृद्धि भएको छ ।
प्लग–इन इलेक्ट्रीक कारको बिक्री भने ५६ प्रतिशतले बढेको तथ्याङ्क सार्वजनिक भएकाे छ । मेमा चीनमा सबै इलेक्ट्रीक कारकाे बिक्री ३२ हजार ९ सय ६६ युनिट हुँदा प्लग–इन इलेक्ट्रीक कारकाे बिक्री २० हजार ९ सय ४५ वटा भएको छ ।
पाँच महिनापछि समग्रममा इलेक्ट्रीक सवारीसाधनकाे बिक्री १ लाख १५ हजार नाघेको हो । नयाँ मोडल बजारमा आएकाले इलेक्ट्रीक सवारीको बिक्री बढेको र यो जारी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छन् ।
चीनको सबैभन्दा ठूलो इलेक्ट्रीक सवारी निर्माता बीवाईडीले ०१९ मेमा युआन इभी ६ हजार ४४ वटा बिक्री गरेको छ । त्यस्तै बीवाईडीकै इ५, ३ हजार १ सय ७३ वटा बिक्री भएको तथ्यांक छ ।
चीनमा बीवाईडीका इलेक्ट्रीक सवारी निक्कै लाेकप्रिय रहेका छन् । नयाँ नयाँ मोडल आइरहेकाले र इलेक्ट्रीक सवारीको रेञ्जसमेत बढेकाले उपभोक्ताहरुको आकर्षण बढेको जनाइएकाे छ ।

