फोर्डको इकोस्पोर्ट जस्तै देखिने नयाँ इलेक्ट्रीक कार, फुलचार्जमा ५३५ किमि माइलेज

चिनियाँ इलेक्ट्रीक सवारी उत्पादक कम्पनी बीवाईडीले फोर्डको इकोस्पोर्टजस्तै देखिने इलेक्ट्रीक कार बनाएको छ । २००३ को जनवरीमा स्थापना भएको बीवाईडी अटोले मुख्य गरि सबै रेन्जका इलेक्ट्रीक सवारी उत्पादन गर्दै आएको छ । 

बीवाईडीले युआन सिरिजमा क्रसओभर कार बनाएको हाे । यो वर्षको सुरुमा युआन इभी–५३५ सार्वजनिक गरेको थियो । 

युआन क्रसओभर ड्रागन फेस डिजाइनमा तयार गरिएको छ जुन हेर्दा फोर्डको इकोस्पोर्ट जस्तै छ । बीवाईडी युआन इभी–५३५ काे लम्बाइ ४३ सय ५० एमएम, १७ सय ८५ एमएम फराकिलो र १६ सय ८० एमएम अग्लो छ । त्यस्तै यसको ह्वीलवेस २५ सय ३५ एमएम रहेको छ । यो कारमा प्रयोग भएको इलेक्ट्रीक मोटरले १६३ एपी पावर र ५३.२२ केडब्लूएच इनका लिथियम व्याट्री रहेको छ । सामान्य मोडमा यो कारले एकपटक फुल चार्ज गर्दा ५३५ किलोमिटर रेन्ज र हाई स्पीड मोडमा ४ सय १० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ । 


Back_to_top