काठमाडौं–पोखरा–लुम्बीनी रेलमार्ग निर्माणका लागि प्रस्ताव

काठमाडौं । काठमाडौं–पोखरा–लुम्बीनी रेलमार्ग निर्माणका लागि एक प्रस्ताव आएको छ । अन्तराष्ट्रिय लगानी सम्मेलनका क्रममा सो योजनाका लागि प्रस्ताव आएको हो । 

उक्त योजना ३ खर्ब ३५ अर्ब ७ करोड रुपैयाँ लगानीमा सम्पन्न हुने अनुमान गरिएको छ । 

७२.२५ किलोमिटर लामो सो रेलमार्ग निर्माणका लागि ९ वर्ष लाग्ने अनुमान गरिएको थियो । 

२०७५ चैत्र १५ र १६ गते भएको लगानी सम्मेलनमा ७७ परियोजना मध्ये २६ वटा परियोजनामा ४३ वटा आवेदन आएको थियो । 

आवेदन प्राप्त परियोजनाहरुको कुल अनुमानित लगानी २५ खर्ब रुपैयाँ भन्दा बढी रहेको छ ।


Back_to_top