काठमाडौं । विश्वकै सबैभन्दा ठूलो न्यू इनर्जी भेहिकल उत्पादक बीवाइडीको नयाँ हाइब्रिड मोडल ‘सि लायन-०५’को तस्बिर बाहिर आएको छ । कम्पनीले आफ्नो नयाँ क्रसओभर मोडलको तस्बिर सार्वजनिक गरेको हो ।
बीवाइडीले सि लायन-०५ मा १.५ लिटर क्षमताको पेट्रोल इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ७४ किलोवाट (९९ हर्सपावर) शक्ति प्रदान गर्छ । बीवाइडीको चर्चित हाइब्रिड टेक्नोलोजी डीएम-आई प्रयोग भएको एसयूभीमा १२० किलोवाटको इलेक्ट्रीक मोटर छ । यसलाई पावर दिन कम्पनीले १८.३ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिएको छ ।
यसको प्योर इलेक्ट्रीक रेन्ज केबल ९३ किलोमिटर मात्रै छ । तर, यसको हाइब्रिड टेक्नोलोजी यति तगडा छ कि फुल ट्याङ्की पेट्रोल र फुल चार्ज मिलाएर लगभग २ हजार किलोमिटर रेन्ज दिन्छ ।
चिनियाँ बजारमा यहि वर्षको अन्तिमसम्ममा बिक्री हुने अनुमान गरिएको सि लायन-०५ मोडलको मूल्य १४ हजारदेखि २१ हजार अमेरिकी डलर हाराहारी हुनेछ ।