साथमा ९ लाख ४० हजार भए जेडएस ईभी घर ल्याउन सकिने

काठमाडौं । एमजीको सफल एसयूभी जेडएस ईभी एकै पटक ६ लाख रुपैयाँ मूल्य घटेको छ । कम्पनीले विशेष स्कीम भन्दै ४६ लाख ९९ हजार रुपैयाँमा जेडएस ईभी बिक्री गरेको हो ।

नाडा अटो शो २०२४ को अवसर पारेर एमजीले ल्याएको नयाँ मूल्य अहिले पनि चलिरहेको छ । यसअघि ५२ लाख ९९ हजार मूल्य तोकेर बिक्री हुँदै आएको जेडएस ईभीको मूल्य एकै पटक ६ लाख रुपैयाँ कम भएसँगै यसलाई किन्न चाहनेहरुको चासो पनि बढ्दै गएको हो ।

किस्ताको सम्पूर्ण विवरण थाहापाउन यहाँ क्लिक गर्नुहोस् ।

विद्युतीय सवारीसाधन किन्न २० प्रतिशत रकम डाउन पेमेन्ट गर्दा पुग्छ । मूल्यको २० प्रतिशतले हुन आउने ९ लाख ३९ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट गरेर जेडएस घर ल्याउन सकिने छ ।

अहिले बजारमा ८ प्रतिशत ब्याजदरमा नै कर्जा सुविधा पाउन सकिन्छ । अझ केही बैंक तथा वित्तिय संस्थाले ८ प्रतिशत कर्जा अवधिभर नै अपरिवर्तनीय ब्याजदर अफर गरिरहेका छन् ।

एमजी जेडएस ईभी २० प्रतिशत डाउन पेमेन्टपछि बाँकी रकम ३७ लाख ५९ हजार २०० रुपैयाँ कर्जा सुविधा पाउन सकिन्छ । यसरी लिएको कर्जा ७ वर्षसम्म मासिक ५८ हजार ६०० रुपैयाँका दरले तिर्नु पर्ने हुन्छ ।

यस्तो छ जेडएस ईभी

एमजी जेडएस ईभी नेपालमा सर्वाधिक सफल मध्येको एक मोडल हो । पारामाउन्ट मोटर्सले सन् २०१९ देखि बजारमा उपलब्ध गराएको जेडएस ईभीको एक पटक फेसलिफ्ट भएर आएको छ ।

आकर्षक बडी डिजाइन र लग्जरी इन्टेरियरको कारण जेडएस ईभीले धेरैको मन जित्न सफल भएको हो । यसमा ९९ किलोवाट क्षमताको मोटर उपलब्ध छ । ८.५ सेकेन्डमा सून्यदेखि १०० किलोमिटर प्रतिघन्टाको स्पीड भेट्टाउन सक्ने जेडएस ईभीमा एमजी पाइलट फिचर उपलब्ध छ ।

जेडएस ईभीमा ५१ किलोवाट आवरको ब्याट्री क्षमता छ भने उक्त ब्याट्रीलाई फुल चार्जमा ३२० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।


Back_to_top