काठमाडौं । चिनियाँ अटोमोवाइल कम्पनी डोङफेङको न्यू इनर्जी भेहिकल ब्राण्ड इओलसले छेन्दु अटो शोमा ‘इओलस एल-७’ ईभी देखाएको थियो । अब उक्त एल-७ एसयूभीको प्रिसेल सुरु गरेको हो ।
आगामी सेप्टेम्बरको अन्त्यतिरबाट बिक्री सुरु हुने अपेक्षा गरिएको इओलस एल-७ को सुरुवाती मूल्य १७ हजार ८ सय अमेरिकी डलर हुने अनुमान गरिएको छ ।
आकर्षक मिडसाइज एसयूभी इओलस एल-७ अगाडि फेसियामा क्लोज ग्रिल डिजाइन, कनेक्टेड स्टीप लाइट, स्प्लीट हेडल्याम्प जस्ता फिचर छन् । रियरमा हाइ माउण्टेड ब्रेक लाइट, स्पोइलर, कनेक्टेड व्याक लाइट पनि यसमा पाउन सकिन्छ ।
साइडबाट हेर्दा स्लान्टेड रुफलाइन, डिउल कलर बडीको साथमा फ्लोटिङ रुफ, हिडन फ्लस डोर ह्याण्डल, १८ इन्चको मल्टी स्पोक ह्वीलले गाडीलाई निकै स्पोर्टी देखाएको छ ।
एल–७ एसयूभीको इन्टेरियरमा १०.२५ इन्चको एलसीडी इन्ट्रुमेन्ट प्यानल तथा १४.६ इन्चको सेन्टर कन्टोल स्कृन रहेको छ । यसमा टु स्पोक बटम फ्ल्याट डी आकारको स्टेरिङ ह्वील दिएको छ । यसमा विण्डलिङ्ग ओएस ३.० कार सिस्टम तथा क्वालकमको स्न्यापड्रागन ८१५५ चीप पाउन सकिन्छ ।
इओलस एल-७ एसयूभीको लम्बाई ४६८५, चौडाई १९०० तथा उचाई १६१७ एमएमको रहेको छ । यसमा ह्वीलबेस भने २७७५ एमएम लामो छ । यसमा १६० किलोवाटको मोटर दिइएको छ ।
उक्त मोटरले ३१० एनएम पिक टर्क प्रदान गर्छ । डोङफेङले विकास गरेको ६२.३ किलोवाट आवरको माक ब्याट्री प्याक रहेको एसयूभीले सिंगल चार्जमा ५१८ किलोमिटर रेन्ज दिने सिएलटीसी टेष्टले देखाएको छ ।
यसमा रहेको ब्याट्रीलाई डीसी फास्ट चार्जरले जम्मा २८ मिनेटमा ३० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सक्नेछ ।