बीवाइडीले नेपालमा गर्‍यो ‘दक्षिण एशियाको डिलर मिट’

काठमाडौं । विश्वको सबैभन्दा ठूलो न्यू इनर्जी भेहिकल उत्पादक कम्पनी बीवाइडीको ‘साउथ एशिया रिजनल मीट’ नेपालमा गरेको छ । कम्पनीले नोभेम्बर २४ तारिकमा काठमाडौंमा उक्त डिलर मिट आयोजना गरेको थियो ।

कार्यक्रममा बीवाइडी हेडक्वाटर सान्जेनका प्रतिनिधिहरु, बीवाइडी इन्डिया र नेपालको आधिकारीक वितरक साइमेक्स इंककोे सहभागीता रहेको थियो । विश्वमा ईभी प्रतिको चाख बढ्दै गएसँगै दक्षिण एशियाका देशहरुमा पनि ईभीको उपभोग बढ्दो क्रममा रहेको समयमा चिनियाँ उत्पादकले नेपालमा दक्षिण एशियामा रहेका डिलरहरुको सम्मेलन आयोजना गरेको हो ।

चिनियाँ उत्पादकले ईभीको बजारलाई लिड गर्ने उद्देश्यका साथ गएको ६ महिनामा नेपाल र भारतमा बीवाइडीका शोरुम, वर्कसप, चार्जिङ स्टेशन जस्ता आवश्यक पूर्वाधार तिब्र गतिमा विस्तार गरिरहेको छ ।

काठमाडौंमा भएको दक्षिण एशियाली डिलरहरुको सम्मेलनमा बीवाइडीको साउथ एशिया हेर्ने डेपूटी जनरल मेनेजर केत्सु जांङले कम्पनीको योजना र विश्वभर बीवाइडीको विक्रीको अवस्थाको विषयमा चर्चा गरेका थिए ।

बीवाइडीको न्यू इनर्जी भेहिकलको विक्री संख्या ३० लाख पुगेको भन्दै जांङले भने, ‘बीवाइडीको दक्षिण एशिया क्षेत्रका डिलर पार्टनर र कम्पनी बीच सुरु भएको रणनीतिक साझेदारी र सहकार्यले विद्युतीय सवारीसाधनको प्रयोगमा नयाँ आयाम थप्ने छ ।’

कार्यक्रममा साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले नेपालले कसरी ईभीको प्रयोगमा दक्षिण एशियाली बजारमै प्रतिनिधित्व गरिरहेको छ भन्ने विषयमा चर्चा गरेकी थिइन् ।

नेपालमा ईभी प्रयोगको वर्तमान अवस्थाको बारेमा जानकारी दिदै श्रेष्ठले नेपालमा नयाँ रजिस्टर हुने सवारी मध्ये १० प्रतिशतभन्दा बढी ईभीको संख्या पुगेको बताइन् ।

डिलर मिटमा बीवाईडी इन्डियाका विभिन्न प्रन्त दिल्ली, मुम्बई, कोलकाता, हैदराबाद, बंगलोर, आन्द्र प्रदेश, कर्नाटका लगायत १३ सहरका डिलरहरु सहभागि थिए ।

साइमेक्स इंकले नेपालमा विस्तार गरेको डिलर नेटवर्कको विषयमा पनि जानकारी दिएको थियो । साइमेक्सले काठमाडौं, ललितपूर, पोखरा, चितवन, विराटनगर, विर्तामोड, बुटवल, नेपालगंज धनगढीमा डिलर नेटवर्क विस्तार गरिसकेको छ ।

कम्पनीले हालैमात्र काठमाडौको नक्सालमा ‘स्टेट अफ आर्ट शोरुम’को संचालन गर्नुका साथै बीवाइडीको पहिलो एसयूभी एटो-३ समेत लन्च गरेको छ ।


Back_to_top