आम्दानीमा बीवाइडीले टेस्लालाई उछिन्यो

काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल कम्पनी बीवाइडीले आम्दानीमा अमेरिकी कम्पनी टेस्लालाई उछिनेको छ । कम्पनीले सन् २०२४ मा १०७ अर्ब अमेरिकी डलर आम्दानी गर्दै पहिलोपटक टेस्लालाई पछिपार्न सफल भएको हो ।

बीवाडीले सन् २०२४ मा टेस्लाकोभन्दा ९.३ अर्ब डलर धेरै आम्दानी गरेकोछ  । गत वर्ष टेस्लाले ९७.७ अर्ब डलर आम्दानी गरको छ ।

विश्वव्यापी रुपमा इलेक्ट्रीक भेहिलक टेक्नलोजीमा टेस्ला र बीवाइडी लाई मुख्य प्रतिस्पर्धीको रुपमा चिनिन्छ । सार्वजनिक रिपोर्टका अनुसार बीवाइडीको आम्दानी अघिल्लो वर्षको तुलनामा २९ प्रतिशतले बढेको हो । कम्पनीको खुद नाफा गत वर्ष ३४ प्रतिशतले बढेर ५.५५ अर्ब डलर  पुगेको छ ।

कम्पनीले गत वर्षको नोभेम्बरमा १ करोड भेहिलक रोल आउटको माइलस्टोन क्रसगरेको थियो । बीवाइडीका चियरम्यान वाङ चियानफुले बीवाइडी ब्याट्री, इलेक्ट्रोनिक्स, न्यू इनर्जी भेहिकल जस्तो सबै सेक्टरमा उछिन्दै इन्डष्ट्री लिडर बनेको बताएका छन् ।

गत वर्ष मात्रै बीवाइडीले १७ लाख ६० हजार ब्याट्री इलेक्ट्रीक भेहिकल बिक्री गरेको छ । टेस्लाको १७ लाख ९० हजार बिक्री गरेको थियो । पीएचइभी समेत जोड्ने हो भने बीवाइडीले सन् २०२४ मा ४२ लाख ७० हजार गाडी बिक्री गरेको थियो । यो संख्या अमेरिकी लेगेसी अटोमोवाइल कम्पनी फोर्ड नजिक रहेको छ । कम्पनीले सन् २०२५ मा ५० देखि ६० लाख गाडी बिक्री गर्ने आकलन छ ।

सन् २०२५ को पहिलो २ महिनामा बीवाइडीको सवारी ९३ प्रतिशतले बढेर ६ लाख २३ हजार युनिट पुगेको छ ।


Back_to_top