नामी कार ६ लाख डाउन पेमेन्टमा खरिद गर्न सकिने

काठमाडौं । नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लू वृद्धीले ६ लाख रुपैयाँ डाउन पेमेन्ट गरे पुग्ने स्कीम ल्याएको छ । केन्द्रिय बैंकले ईभीलाई ४० प्रतिशत डाउन पेमेन्ट अनिर्वाय गरेसँगै कम्पनीले स्कीम ल्याएको हो ।

यस स्कीम अनुसार ग्राहकहरूले मात्र २० प्रतिशत डाउनपेमेन्ट गरि डोङफेङ नामीका ईभीहरू किन्न सक्नेछन्। नामी ईभीको सुरुवाती भेरियन्टको लागि डाउन पेमेन्ट ५ लाख ९९ हजार रुपैयाँमा तय गरिएको कम्पनीले जनाएको छ।

यस स्कीमले ग्राहकहरूलाई कुनै पनि अतिरिक्त रकमको आवश्यकता पर्दैन । सरल र सजिलो खरिद प्रक्रिया पूरा गर्न नामीले ८० प्रतिशतसम्म फाइनान्सिङ गर्छ ।


Back_to_top