काठमाडौं । बीवाइडीको मिनी एटो-३को नामले चिनिने युआन अपको तस्विरहरु निकै अगाडि बाहिर आएका थिए । कम्पनीको डायनेष्टी सिरिज अन्तर्गत आउने युआन अपलाई मिनी एटो-३ वा एटो-२ नाम दिएर अन्तर्राष्ट्रिय बजार बिक्री गर्न लागेको चिनियाँ मिडियाहरु उल्ेख गरेका छन् ।
आगामी मार्चबाट चीनमा बिक्री सुरु हुने बताइएको युआन अप मूल्यका हिसावले पनि उत्कृष्ट हुने बताइन्छ । बीवाइडीको ई प्ल्याटफर्म ३.० आर्किटेक्चरमा आधारित युआन अप अपडेटेड ड्रागन फेस डिजाइन ल्याङ्वेजमा बनेको हो । यसको मूल्य चीनमा १४ हजार डलर आसपास रहने बताइएको छ ।
यसमा स्टडी फ्रन्ट बम्पर, सिग्नेचर युआन लोगो, पातलो लामो डिजाइनको एलइडी हेडलाइट दिइएको देखिन्छ । ठूलो साइजको सनरुफ, फ्लस ह्याण्डल, लोअर बडीमा फङ्की प्लास्टीक ट्री, फाइभ स्पोक रिम जस्ता फिचर छन् ।

चल्तीको कम्प्याक्ट एसयूभीको साइजमा रहेको युआन अपको लम्बाई ४३१० एमएम, चौडाई १८३० एमएम, उचाई १६७५ एमएम र २६२० एमएमको ह्वीलवेस रहेको छ ।
यो ईभीमा डल्फिनमा जस्तै ७० किलोवाट तथा १३० किलोवाटको दुई फरक मोटर अप्सन रहने छ । यसको टपस्पीड १६० किलोमिटर प्रतिघण्टाको रहने बताइन्छ ।
बीवाइडीले युआन अपमा फिनड्रिम्सले बनाएको ३२ किलोवाट आवर तथा ४५.१ किलोवाट आवरको एलएफपी व्याट्री अप्सन दिएको छ । यसको रेन्ज ३०० देखि ४०० किलोमिटर हुनेछ ।

