माघ २१ देखि महिन्द्रा केयर फेस्ट २०२४ आयोजना हुँदै

काठमाडौं । यही माघ २१ गतेदेखि २६ गतेसम्म देशव्यापी महिन्द्रा केयर फेस्ट आयोजना हुने भएको छ ।

महिन्द्रा फोर ह्वीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कस प्रालिले उक्त सर्भिस क्याम्प आयोजना गर्न लागेको हो ।

कम्पनीका अनुसार महिन्द्रा केयर फेस्टमा ग्राहकले आफ्नो गाडी सर्भिसिङ गराउँदा लेबर चार्ज र वाशिङको कुनै शुल्क तिर्नु पर्दैन ।

यस्तै, लुब्रिकेन्ट्स र स्पेयर पार्टसमा १० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटका साथै अन्य उपहारहरू पनि पाउने छन् ।

ग्राहकले महिन्द्राको नेपाल भर रहेका आधिकारिक सर्भिस सेन्टरमा गई यस केयर फेस्टमा सहभागी हुन सक्नेछन् ।

महिन्द्राले आफ्ना सेवाग्राहीलाई थप सेवासुविधा प्रदान गर्ने उद्देश्यले हरेक वर्ष केयर फेस्ट आयोजना गर्दै आइरहेको छ। यस वर्ष पनि अघिल्ला वर्षहरूमा झैँ ग्राहककोे उल्लेख्य सहभागीता रहने कम्पनीको अपेक्षा छ ।

यसैगरी, उक्त केयर फेस्टमा अग्नि आस्था प्रालिले महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्री वा एक्सचेन्ज गर्ने सुविधा पनि उपलब्ध गराउने भएको छ ।

महिन्द्राका सर्टिफाइड युज्ड गाडी खरिद गर्नु परेमा ग्राहकले आकर्षक अफर पाउने छन् । यो सुविधा काठमाडौँ, भैरहवा र इँटहरीमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

 

 


Back_to_top