असोज १६ देखि चितवनमा अटो एक्सपो हुँदै, २१ ब्राण्डको सहभागिता रहने

काठमाडौं । चितवन अटोमोबाइल डिलर्स एसोसिएसन (काडा)को आयोजनामा चितवनमा काडा अटो एक्सपो २०८१ आयोजना हुने भएको छ ।

चितवन उद्योग संघसँगको सहकार्यमा यही असोज १६ देखि १९ गतेसम्म उक्त अटो एक्सपो हुने भएको हो ।

चितवन प्रदर्शनी केन्द्रको हलमा आयोजना हुने उक्त मेलामा साना ठूला गरी २१ ब्राण्डका कार, जिप, मोटरसाइकल र स्कुटर लगायतका सवारी साधनहरूको स्टल रहने छन् ।

त्यस्तै, जिप र माइक्रोको पाँच वटा स्टल र प्रदशर्नी हल बाहिरको चउरमा टेन्ट भित्र समेत अन्य स्टलहरू राखिने आयोजकले जानकारी दिएको छ ।

एक्स्पोमा फाइनान्स तथा इन्स्योरेन्स कम्पनीहरूको पनि सहभागिता रहने छ । मेला अवधिमा सवारी साधन किन्ने ग्राहकले आर्कषक स्कीम तथा छुट पाउने छन् । मेला अवधिभर सवारी बुकिङ गर्ने गाहक मध्येबाट लक्की ड्रमार्फत ३ जनालाई अर्कषक उपहार दिइनेछ ।

अटोमोबाइल व्यवसायको प्रर्बधन तथा व्यवस्थापन गर्ने उद्देश्यका साथ उक्त एक्सपोको आयोजना गर्न लागिएको चितवन अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष राजन पियाले बताए ।

समान पेशामा आवद्ध अटोमोबाइल व्यवसायीको बीचमा आपसी भाइचारा अभिवृद्धि गरी पेशागत मर्यादालाई उच्च प्राथमिकतामा राखेर व्यवसायिक हक हितका लागि एक भएर आउने चुनौतीको सामना गर्नको लागि पनि मेलाको ठूलो भूमिका रहेकोअध्यक्ष पियाले बताए ।

काडाले लामो समयदेखि अटो व्यवसायीहरूलाई एकीकृत गर्दै सडक दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम पनि गर्दै आइरहेको छ ।


Back_to_top