नेटा भी र एक्स किन्दा विशेष छुट, हरेक जोडीलाई बाली भ्रमण

काठमाडौं । सीजी मोटर्सले नेटा भी र नेटा एक्समा विशेष अफरहरू सार्वजनिक गरेको छ। कम्पनीले दशैंमा गाडी किन्न चाहने ग्राहकलाई लक्षित गर्दै विशेष छुट अफर ल्याएको हो ।

सीजी मोटर्सका अनुसार ग्राहकले नेटाभी किन्दा ५० हजार रुपैयाँसम्म नगद छुट पाउने छन् । साथै, आफ्नो पुरानो गाडीसँग नयाँ नेटा भी साट्न सक्नेछन् । पुरानो गाडी साट्नेलाई थप ५० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस दिइने कम्पनीले जनाएको छ ।

साथै, नेटा भी खरिद गर्ने हरेक ग्राहकले जोडीका लागि निःशुल्क बाली भ्रमणको अवसर पाउने छन् ।

त्यस्तै, नेटा एक्स खरिद गर्दा ग्राहकले १ लाख रुपैयाँसम्म नगद छुट पाउने छन् । नेटा भी विद्युतीय गाडी खोज्नेहरूका लागि राम्रो विकल्प रहेको कम्पनीको भनाइ छ ।

सीजी मोटर्स ले देशभर २५ भन्दा बढी चार्जिङ स्टेसन र ९० भन्दा बढी सेवा केन्द्रहरूबाट सुविधा उपलब्ध गराउँदै आएको छ ।


Back_to_top