काठमाडौं । भारतमा बनिरहेको हुन्डाईको क्रेटा ईभीको इन्टेरियरको स्पाई इमेज बाहिरिएको छ । आगामी वर्षको सुरुआतमा लन्च हुने अनुमान गरिएको क्रेटा ईभीको रोडटेस्ट भइरहेको तस्वीर बाहिर आएको हो ।
क्रेटा ईभी आईस क्रेटाभन्दा फरक देखिएको छ । यसको इन्टेरियरमा नयाँ डिजाइन कम्प्लीट सर्कल थ्री स्पोक स्टेरिङ ह्वील रहेको छ । यसमा हुन्डाईको लोगोको सट्टामा चारवटा डट मात्र रहेको छ । क्रेटा आइसमा भने फ्ल्याट बटम स्टेरिङ ह्वील रहेको थियो ।
क्रेटा ईभीको सिट कभरमा क्रेटा इलेक्ट्रीकको ब्राण्डिङ देख्न सकिन्छ । त्यस्तै, सेन्टर कन्सोलमा आर्मरेष्ट, दुईवटा कप होल्डर, रोटरी डिजाइनको डाइभ मोड सेलेक्टर, इलेक्ट्रीक पार्किङ तथा अटोहोल्डको स्वीचका साथै भेन्टिलेटेड सिटको बटनहरू देख्न सकिन्छ ।
क्रेटा ईभीमा कर्भ ड्यासबोर्ड, होरिजेन्टल एसी भेन्ट, इन्फोटेन्मेन्ट र इन्स्ट्रुमेन्ट कन्सोलको लागि ड्युल १०.२५ इन्चको स्क्रीन आदि भने क्रेटा आइसको जस्तै समान रहेको छ ।
क्रेटा ईभीमा ड्युलटोन इन्टेरियर, ८ वे एड्जस्टेबल इलेक्ट्रीक डाइभर सिट, प्यानारोमिक सनरुफ, ड्युल जोन एसी, फ्रन्ट भेन्टिलेटेड सिट, अटो होल्डसहितको इलेक्ट्रीक पार्किड ब्रेक, कालुम माउण्टेड गियर सेलेक्टर, वायरलेस चार्जर, क्रुज कन्टोल, रियर एसी भेन्ट आदि फिचर रहने छ ।
सुरक्षाका लागि क्रेटा ईभीमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्टोल, भेहिकल स्टेबल मेनेजमेन्ट, हिल स्टार्ट असिस्ट, टायर प्रेसर मोनिटरिड, फ्रन्ट एण्ड रियर डिस ब्रेक, अटोमेटिक हेडल्याम्प, रियर पार्किड सेन्सर तथा क्यामराका साथै एडास फिचरहरू समेत हुनेछ ।
हुन्डाईले क्रेटा ईभीमा ४५ किलोवाट आवरको ब्याट्रीप्याक दिने जानकारी बाहिर ल्याइसको छ । एड्भान्स रिजेनरेटिभ ब्रेकिङ सिस्टम रहेको यो ईभीले रियर वर्डमा ३०० किलोमिटरको हाराहारी माइलेज दिने अनुमान गरिएको छ । यो ईभीमा कोना ईभीमा दिएको १०० किलोवाटको इलेक्ट्रीक मोटर रहने छ । जसले १३८ हर्सपावर तथा २५५ न्युटन मिटर टर्क जेनेरेट गर्छ ।