भारतमा गाडी बनाउने प्लान्टको क्षमता उपयोगः कुन कम्पनीको कति ?

काठमाडौं । सन् २०२० मा भारतमा प्लान्ट स्थापना गर्दै आएका केहि उत्पादकलाई नराम्रो सपना बन्यो । कोभिड १९ पछिको अस्थव्यस्थ बजारमा केहि कम्पनीले आफ्नो अहिलेसम्मकाे सर्वाधिक विक्री क्षमताको ६ प्रतिशत मात्रै उत्पादन गर्न सकेका छन् ।

सर्वाधिक विक्रीलाई आधारमान्दा औषतमा भारतीय प्लान्टहरु आफ्नो क्षमताको ७२ प्रतिशत उपयोग भएको तथ्यांक अटोपण्डितले प्रकाशित गरेको छ । उक्त तथ्यांक अनुसार निसान, डाट्सन, फक्सवागन, जीप र स्कोडाले आफ्नो यसअघि गरेकाे सर्वाधिक विक्रीकाे अत्यन्तै न्यून उत्पादन गरेका छन् ।

अहिलेसम्मकाे सर्वाधिक विक्री र २०२० काे विक्रीकाे तुलना

निसानले आफ्नो क्षमताको ६ प्रतिशत मात्रै उत्पादन गरेको छ । कम्पनीका उत्पादन बजारमा विक्री नभएको कारण नै उत्पादन घटेको अटोपण्डितले उल्लेख गरेको छ । डाट्सनले आफ्नो क्षमताको १८ प्रतिशत उत्पादन गर्दा फक्सवागनले २० प्रतिशत मात्रै उत्पादन गर्न सकेको छ । यी दुबै कम्पनीको गाडी विक्रीमा आएको गिरावटले उत्पादन कम भएको देखाउँछ ।

जीपले आफ्नो क्षमताको २९ प्रतिशत र स्कोडाले आफ्नो क्षमताको ३३ प्रतिशत मात्रै उत्पादन गरेका छन् । होन्डा, टोयोटा र फोर्डले पनि आफ्नो जडित क्षमताको ५० प्रतिशत मात्रै उत्पादन गरेका छन् । होन्डाले ३५ प्रतिशत, टोयोटाले ४० प्रतिशत र फोर्डले ४७ प्रतिशत उत्पादन गरेका हुन् ।

महिन्द्राले आफ्नो क्षमताको ५१ प्रतिशत, टाटाले ५८ प्रतिशत, रेनोले ६१ प्रतिशत र मारुती सुजुकीले ७० प्रतिशत उत्पादन गरेका छन् । आफ्नो क्षमताको अधिकतम उपयोग गर्ने कम्पनीमा हुन्डाई परेको छ । उसले आफ्नो क्षमताको ७७ प्रतिशत उत्पादन गर्दै पहिलो स्थानमा आफुलाई सुरक्षीत राखेको छ ।

प्रिमियम ब्राण्ड मर्सिडिज र विएमडब्ल्यूले क्रमश ५१ र ५९ प्रतिशत क्षमता उपयोग गरेका छन् ।


Back_to_top