काठमाडौं । दशैं–तिहारको मौसमले छोएको छ । यो समयमा आफ्नो क्षमता अनुसारको सामान किन्ने योजना सबैले बनाएका हुन्छन् । यदि तपाईले अहिले कुनै सवारीसाधन किन्ने सोच बनाउनु भएको छ भने तपाईलाई हामी तपाईको कमाई अनुसारको कार छनोट गर्ने विधि बारे जानकारी गराउने छौं ।
कति मानिसहरु आफ्नो आम्दानीको हिसाव गर्न नजान्दा कुन सवारी साधन किन्ने भन्ने बिषयमा अलमलमा परेका हुन्छन् । अव तपाई पनि कार किन्दै हुनुहुन्छ भने यस्तो कुरामा आम्दानीको हिसाव गर्नुहोस् र कार खरिद गर्नुहोस् ।
तपाईंले गर्ने भुक्तानी, तपाईको आम्दानी, सवारी कर्जा, ब्याज र अन्य खर्चको हिसाव गरेर मात्रै गाडी किन्ने निर्णय गर्नुपर्छ ।
तपाईंले कार खरिदगर्दा आफ्नो कमाइको कति खर्च गर्नुपर्छ भन्ने कुरा बुझनु पर्छ । कारमा आफ्नो कुल वार्षिक आयको १० देखि ३५ प्रतिशत भन्दा बढी खर्च गर्नु हुँदैन । तपाईको कुल कमाइको २० प्रतिशत भित्र रहेर तपाईले गाडीमा खर्च गर्नुहुन्छ भने त्यो तपाईको लागि सबैभन्दा राम्रो हुने छ ।
तपाईंको कार किन्न सक्ने क्षमता क्यालकुलेटरमा हिसाव गरेर निकाल्नुस् त्यसको लागि थ्रुपै किसिमका क्यालकुलेटर पाउन सकिन्छ । आफ्नो क्षमताको आँकलन पछि कुन, कस्तो र कति मूल्यको कार तपाईले खरिदगर्न सक्नुहुन्छ त्यो पत्ता लाग्नेछ ।
ऋणमा गाडी किन्ने मानिसले दुई कुरा याद राख्नु पर्छ
१ बचत बढाउँदै, नगद भुक्तान गर्दै जाने
२ गाडीको प्रयोग गर्दै जाने
यदि तपाई यी दुवै विषय एकैसाथ गर्नुहुन्छ भने, तपाईंले नयाँ बजेटको वित्तीय अवस्थाको ख्याल गरेर हजारौं रुपैयाँ बचत गर्न सक्नु हुनेछ । जसलेगर्दा कार किन्नको लागि नगद जम्मा हुन्छ । तपाईसँग नगद जम्मा छ भने बैंकलेसमेत सजिलै ऋण पत्याउने छ ।
अब तपाईंको अधिकतम भुक्तानी पत्ता लगाउन बैंकको इएमआई क्यालकुलेटरको प्रयोग गनुहोस् । त्यसपछि तपाईंको क्रेडिटको अबस्था कस्तो छ, नयाँ कारको लागि पैसा कति छुट्यानु भएको छ, यी सबै कुरामा विचार पुर्याउनुस् ।
यति कुरा बिचार गरिसकेपछि तपाईले आफ्नो कमाइ र आवस्यकता अनुरुपको मूल्य भएको कार किन्न सक्नु हुने छ ।
यस्तो छ अटो फाइनान्सिङ्गको नियम
अटो फाइनान्सिङ्गको नियममा गाडी खरिदकर्ताले अनिर्वाय रुपमा ५० प्रतिशत डाउनपेमेन्ट राख्नै पर्ने नियम रहेको छ । तपाईले ५० प्रतिशत आफ्नो पुँजी लगाएर कार किनिसकेपछि तपाईको बैंक ऋण नै कम हुन्छ । त्यसलाई बढीमा ८ वर्ष लगाएर तपाईले तिर्न सक्नु हुनेछ ।
यो नियममा रहेर कार किन्दा तपाइँले कार बेच्नु पर्यो भने पनि कारको मूल्य र तपाईंको ऋणमा सन्तुलन मिलाउन सजिलो हुन्छ ।

