काठमाडौं । टीभीएस अपाचे आरटीआर १६० ४ भीको नयाँ तस्वीर लिक भएको छ । लिक तरुवीरका अनुसार बाइकमा केही नयाँ फिचरसमेत दिइएको विषय बाहिर आएको हो ।
नयाँ अवतारमा आउने आरटीआर १६० ४भीमा नयाँ कन्सोलसहित आउने भएको छ । कम्पनीले उक्त कन्सोलमा कनेक्टीभिटी दिने भएको छ । कम्पनीले ब्लुटूथ कनेक्टिभीटी यसअघि एनटर्क १२५ प्रदान गरिसकेको छ ।
सार्वजनिक भएको तस्विरमा अपाचे आरटीआर १६० ४भी नयाँ रुपमा देखिएको छ । यसअघि कम्पनीले २०० ४भी नयाँ अवतारमा ल्याउने बताएको थियो । यसै क्रममा १६० ४भीको तस्विर सार्वजनिक भएको हो ।
उक्त तस्विरमा देखिए अनुसार अपाचे आरटीआर १६० ४भीको हेडल्याम्प नयाँ डिजाइनमा आउने छ । यसमा फुल एलइडी हेडल्याम्प लगाइएको छ भने एलइडी डिआरएल समेत नयाँ डिजाइनमा रहेको छ ।
रिर्पोटका अनुसार २०० ४भी तथा १६० ४भीमा इन्स्टुमेन्ट कन्सोल र नयाँ डिजाइनको अलोय ह्वील रहने छ । यो मोटरसाइकल भारतको नयाँ इमिशन स्टयान्डर्ड अनुसार निर्माण भइरहेको छ ।
यो मोटरसाइकलमा १५९.७ सीसी सिगंल सिलिन्डर, आयल कूल्ड, ४ भल्भ इन्जिन रहेको यो । यो इन्जिनले ८ हजार आरपीएममा १६.८ पीस पावर तथा १४.८ एनएम टर्क जेनेरेट गर्छ । यो मोटरसाइकल कार्वुरेटर तथा एफआई दुवै इन्जिन अप्सनमा उपलब्ध रहने छ ।
नयाँ आरटीआर १६० ४भीमा मेकानिकल परिवर्तन नगरि कस्मेटीक परिर्वतन मात्रै गरिएको छ । यसमा डुअल टोन फिनिसिङ दिइएको छ । आर्कषक ग्रयावरेल, सिगंल पिस सिट, सिगंल पिस ह्यान्डलबार, एलइडी हेडल्याम्प जस्ता फिचर रहेको छ । यो बाइकको मूल्य हालको १६० ४ भीको तुलनामा १० हजार भारतीय रुपैयाँ महंगो हुने अनुमान गरिएको छ ।

