सुनसान कारका शोरुम: थोरै गाडी छन्, ग्राहक सून्य (फोटो-फिचर)

काठमाडौं । काठमाडौं उपत्यका भित्र सबैभन्दा धेरै गाडीका शोरुम छन् । करिब दुई दर्जन ब्राण्डले उपत्यकामा कारको शोरुम संचालन गर्दै आएका छन् ।

त्यसमा पनि काठमाडौंको थापाथलीलाई मुख्य अटोमोवाइल हबको रुपमा लिन सकिन्छ । यो एरियामा हुन्डाई, मारुती सुजुकी, किया, ग्रेटवाल, चेरी, फोर्ड, निसान, रेनो, महिन्द्रा, सिट्रोन, प्यूजो, टाटा, स्कोडा, जेएसी लगायत ब्राण्डले शोरुम संचालन गरिरहेका छन् ।

गाडीका शोरुम खुल्ला भएपनि गाडी किन्ने ग्राहकको चहलपहल भने सून्य प्रायःछ । शोरुमको वालमा हामी आन्दोलमा छौं भन्ने नारा लेखिएको कालो ब्यानर टाँगिएको छ । शोरुममा काम गर्ने कर्मचारी छन् तर गाडी किन्न र हेर्न आउने ग्राहक भने भेटिदैनन् ।

विद्युतीय कार विक्री गर्ने शोरुममा फाट्ट फुट्ट मानिस प्रबेश गरेपनि कम्बस्चन गाडी किन्न आउने ग्राहक पाउनै मुस्किल रहेको शोरुममा भेटिने कर्मचारी बताउँछन् ।

शोरुममा चल्तीका गाडी पनि छैनन् । करिब ८ महिना लामो आयात प्रतिबन्धको कारण कुनैपनि ब्राण्डसँग चल्तीका गाडी उपलब्ध छैनन् । त्यही कारण पनि ग्राहक धेरै शोरुममा नआएको हुन सक्ने आँकलन शोरुममा भेटिने कर्मचारीहरु सुनाउँछन् ।

  

 


Back_to_top